सिन्धुपाल्चोक बाह्रबिसेमा गएकाे पहिरोमा पुरिए १८ घर–Samacharpati
Samacharpati
सोमवार, अशोज १२, २०७७
  • होमपेज
  • सिन्धुपाल्चोक बाह्रबिसेमा गएकाे पहिरोमा पुरिए १८ घर

सिन्धुपाल्चोक बाह्रबिसेमा गएकाे पहिरोमा पुरिए १८ घर

सिन्धुपाल्चोक बाह्रबिसेमा गएकाे पहिरोमा पुरिए  १८ घर

सिन्धुपाल्चोक, २८ भदाै । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामामा भीषण पहिरो गएको छ । पहिरोमा परी कम्तिमा पनि १८ घर पुरिएको बताइएको छ ।

गत राति आएको पहिरोले भीरखर्क, नागपुच्छे र किम्बे गाउँ क्षेत्रमा क्षति पुर्याएको र यसबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

खहरे खोलामा बाढीसहित आएको पहिरोले घरहरु बगाएको बताइएको छ । । प्रहरीहरु घटनास्थल जाँदै रहेकाले थप विवरण आउन बाँकी रहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका