हुम्लामा विष सेवनबाट ४५ वर्षीय पुरुषको मृत्यु–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • हुम्लामा विष सेवनबाट ४५ वर्षीय पुरुषको मृत्यु

हुम्लामा विष सेवनबाट ४५ वर्षीय पुरुषको मृत्यु

हुम्लामा विष सेवनबाट ४५ वर्षीय पुरुषको मृत्यु

कर्णबहादुर रोकाया, हुम्ला, २७ भदाै । सिमकोट गाउँपालिका वडा नं ४ बुराउँसे गाउँका ४५ वर्षीय पुरुषले शुक्रबार साँझ ६ बजेतिर विष सेवन गरी रात्ती १० बजे मृत्यु भएको छ ।

ढिलो गरी जिल्ला अस्पताल सिमकोटमा ल्याउँदा उनको मृत्यु भएको हो । घरमा एक्लै भएको अवस्थामा लामाले विष सेवन गरको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

विष खाएर वेहोस भएका लामालाई उपचारका लागि जिल्ला अस्पताल सिमकोटमा ल्याए पनि ढिलो भएका कारण ज्यान गएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

विष सेवन गर्ने पुरुष सिमकोट गाउँपालिका वडा नं ४ बुराउँसे गाउँका छविलाल लामा हुन् । हालसम्म विष सेवन
गर्नुको कारण नखुल्न सकेको छैन ।

विष सेवन गर्नुको कारण परिवारसँग बुझ्दै गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक सुर्य प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका