फेदीखोला गाउँपालिका र स्थानीय काे सहयोगमा बन्याे पिडित क्षेष्ठकाे घर–Samacharpati
Samacharpati
शनिबार, कार्तिक ८, २०७७
  • होमपेज
  • फेदीखोला गाउँपालिका र स्थानीय काे सहयोगमा बन्याे पिडित क्षेष्ठकाे घर

फेदीखोला गाउँपालिका र स्थानीय काे सहयोगमा बन्याे पिडित क्षेष्ठकाे घर

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीद्धारा पिडित परिवारलाई घरकाे चापि हस्तान्तरण

फेदीखोला गाउँपालिका र स्थानीय काे सहयोगमा बन्याे पिडित क्षेष्ठकाे घर
photo source: arjun kc , monoj karki

सुनिता कार्की, फेदिखाेला, २७ भदाै । फेदीखोला गाउँपालिका वडा नम्बर -२ खडकेटारीमा अस्थायी रुपमा लामो समय देखि बसोबास गर्दै आएका क्यानसर राेगी अमृत नारायण क्षेष्ठकाे उपचारकाे क्रममा  निधन भएकाे ६ महिना पुगेकाे छ ।

स्वर्गीय अमृत नारायण क्षेष्ठ लाई क्यानसर देखिएपछि उनकाे आर्थिक स्थिति कमजाेर भएकाे हुदाँ ”परिवर्तन युवा समुह” द्धारा क्यानसर पिडित क्षेष्ठ लाई उपचार गराउने उद्देश्यले विभिन्न ठाउँहरू बाट पैसा जुटाउने काम भएकाे थियाे । घरदैलाे गरेर देशविदेशमा हुने दाजुभाइ सम्पूर्णबाट  पैसाकाे जाेह गरि क्षेष्ठकाे उपचार गराउने काम भएकाे थियाे ।


केहि समय क्षेष्ठ लाई मणिपाल हस्पिटलमा भर्ना गरि उपचार गरिएकाे थियाे । केहि समय उपचार गरि क्षेष्ठ लाई किमाे चडाउने काम भयाे । क्यानसर जस्ताे दिर्घ राेगले गालेकाे शरिद केहि समय त उपचारले काम गर्याे । उपचार गराउदै गर्दा क्षेष्ठ लाई बिमारले च्याप्दै गयाे ।

आफ्नाे घरबास नभएका अमृत नारायण क्षेष्ठ लगायत उनकाे परिवार अरूकाे घरमा बस्दै आइरहेका थिए । यस्ताे अवस्थामा अरूकाे घरमा निधन हुनु भन्दा आफ्नै  सानाे घर भए राम्राे हुने कुरा समाजमा चल्न थाले र उनिहरूकाे केहि समय पहिला थाेरै जग्गा किनेका रहिछन् । त्यहि जग्गामा सबै जना मिलेर एउटा बास बनाउने  खड्केटारी बासिन्दा , बुद्धिजिवि, परिवर्तन युवा समुह काे सर सल्ला भएपछि  उनिहरू  काे जग्गामा घर निर्माण गर्नकाे लागि परिवर्तन युवा समुहका युवाद्धारा जग्गा खारने , पन्छाउने कामकाे सरूवात भयाे ।

घर निर्माणकाे काम थालेकाे केहि दिनमा अमृत नारायण क्षेष्ठकाे पनि निधन भयाे । निधन भएकाे केहि दिन काम राेकियाे  क्षेष्ठकाे परिवारले  काजक्रिया पनि आफ्नतकाे घरमा गर्नु पर्याे । उनिहरूकाे अनुउपस्थितिमा पनि विभिन्न आमा समुह समाजका युवा वर्गहरूले घर निर्माणकाे लागि श्रम दान गरेका थिए ।

घर निर्माणकाे लागि चाहिने भाैतिक सामाग्रीकाे लागि फेदीखोला गाउँपालिकाले ठूलाे सहयाेग भएकाे छ । फेदीखोला गाउँपालिकाले एक लाख बराबरकाे  भाैतिक सामाग्री सहयाेग गर्ने प्रतिबद्धता जनाएकाे थियाे । घर निर्माण गदै जादाँ एक लाख भन्दा बढिकाे खर्च आएपछि परिवर्तन युवा समुहका पूर्व अध्यक्ष हुम बहादुर खत्रीकाे नेतृत्वमा  दुइ लाख  माथि काे भाैतिक सामाग्री  फेदीखोला गाउँपालिकाबाट  सहयाेग गरिएकाे थियाे ।

वल्डिङकाे काममा लागेकाे लागत खर्च पनि  नलिइ आफ्नाे कामदार लगाएर वल्डिङकाे सम्पुर्ण काम गरिदिएर वल्डिङ व्यवसाहि रामु गाैतमले पनि सहयाेग गरेका थिए। घर निर्माणकाे क्रममा कामदारलाई खाजा पानिकाे व्यवस्था  पिडितका छिमेकी मया जि सी, कुशुम कार्की , महेन्द्र कार्की, शर्मिला खत्री लगायतले सहयाेग गरेका थिए।

परिवर्तन युवा समुह खडकेटारी , बाताबरण आमा समूह घैयाबारी  , सन्तोषी आमा समुह बडाचाैर , तल्लो खडकेटारी  सेवा आमा समूह , त्रीसक्ती आमा समूह  सम्पुर्ण बाट घर निमार्णकाे लागि  आर्थिक सहयाेग र श्रमदान गरी ठूलाे सहयाेग गरेका थिए ।फेदिखोला गाउपालिका, परिवर्तन युवा समुह , विभिन्न आमा समूह  स्थानीय बासिन्दा लगाएत, स्वयम घरपरिवारको अथक प्रयास सम्पुर्णकाे  सहयाेगमा ६ ७ महिना पछि  श्रेष्ठको घर निर्माण भएकाे छ ।

आज एक कार्यक्रमका बिचमा  परिवर्तन युवा समुह , विभिन्न आमा समूह  स्थानीय बासिन्दा लगाएत  फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी ज्यु , उपाध्यक्ष देवि थापा , वडा अध्यक्ष हिमालय जङ बाँनिया, इन्द्र बहादुर अधिकारी सम्पूर्णकाे उपस्थितिमा अध्यक्ष घनश्याम सुवेदी ज्युकाे हातबाट  क्षेष्ठकाे परिवारलाई घरकाे चापि हस्तान्तरण गरिएकाे छ ।

फेदिखोला गाउपालिका समाजकाे हितकाे लागि काम गर्छ गर्ने छ , सधैँ यस्ता समस्यामा परेकाहरूलाई साथ र सहयाेग गर्ने छ ।  गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी ज्यु काे  प्रतिबद्धता रहेकाे छ ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका