खार्पुनाथ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष हमालको उपचारका क्रममा निधन–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • खार्पुनाथ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष हमालको उपचारका क्रममा निधन

खार्पुनाथ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष हमालको उपचारका क्रममा निधन

खार्पुनाथ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष हमालको उपचारका क्रममा निधन

कर्णबहादुर रोकाया, हुम्ला, २६ भदाै । चार दिन अघि एक्कासी बिरामी भएर उपचारका गराइरहेका हमालकाे सिमकोट अस्पताल बाट नेपालगंज हुँदै काठमाडौ  एम्बुलेन्सबाट लैजादै गर्दा निधन भएको छ । उच्च रक्तचापका बिरामी खार्पुनाथ गाउँपालिका वडा नं ४ छिप्रा गाउँका बासिन्दा लोकजंग हमाल खार्पुनाथ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष हुन् ।

चार दिन अघि एक्कासी बिरामी हुँदा गाउँबाट सिमकोट जिल्ला अस्पतालमा उपचारका क्रममा ल्याइएको र निको नहुँदा बिहीबार हेलिकप्टरबाट नेपालगंज लिएको थियो भने त्यहाँ पनि उपचार हुन नसक्दा एम्बुलेन्सबाट काठमाडौं लिंदै गर्दा बीच बाटो नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिएका छन् ।
वडा अध्यक्ष हमाललाई उच्च रक्तचाप भए पनि के कस्तो बिराम लागेको हो पत्ता लागेको छैन । उनलको मृत्युले गाउँपालिका परिवारलाई अपूरणीय क्षति भएको अध्यक्ष रावलले बताए । मृतक हमालका श्रीमती र आमा रहेको गाउँपालिका स्रोतले बताएको छ । शुक्रबार र शनिवार खार्पुनाथ गाउँपालिका बन्द रहने भएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका