पाेखरा, २५ भदाै । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७३० पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ २ जना काेराेना संक्रमित थपिएका छन् ।
बिहान कास्की जिल्लामा १९ जना, स्याङजा पुतलिबजारमा १२ जना, पर्वतमा १ जना, तनहुँमा ३ जना, बाग्लुङमा ९ जना, नवलपरासीमा ५ जना गरी ४९ जनामा काेराेना पुष्टि भएकाे थियाे ।
अहिले फेरी काेराेना संक्रमित देखिएका व्यक्ति कास्की जिल्ला, पोखरा महानगरपालिका-१७ का ६१ वर्षिय पुरूष पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको Pay Clinic मा परिक्षण गर्न आएका थिए । भने तनहुँ जिल्ला, सुक्लागण्डकी-६ का ३० बर्षीय महिला सोहि अस्पतालमा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपचाररत रहेकी छन । उनिहरूलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।