गण्डकी प्रदेश थपिए ४९ जना कोरोना  संक्रमित–Samacharpati
Samacharpati
बुधबार, कार्तिक ५, २०७७
  • होमपेज
  • गण्डकी प्रदेश थपिए ४९ जना कोरोना  संक्रमित

गण्डकी प्रदेश थपिए ४९ जना कोरोना  संक्रमित

गण्डकी प्रदेश थपिए ४९ जना कोरोना  संक्रमित
पाेखरा, २५ भदाै । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७२८ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको कोरोना परिक्षणमा  नयाँ ४९ जना कोरोना  संक्रमितहरु थपिएका छन ।
कास्की जिल्ला, पोखरा महानगरपालिका-१५ का २३ बर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्टाफनर्स हुन् भने पोखरा महानगरपालिका-३२ का ५० बर्षीय पुरुष सोहि अस्पतालमा उपचाररत रहेका छन ।
पोखरा महानगरपालिका-१९ का २२ बर्षीय पुरुष पोखरामा  कार्यरत छन् । पर्वतका २८ बर्षीय पुरुष कुश्मा  पर्बतमा नेपाल प्रहरीमा कार्यरत छन् ।
बाग्लुङ जिल्ला, जैमिनीका ५१ बर्षीय महिला पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत छन ।  भने अन्य सबै विदेशबाट आएर क्वारेन्टाइनमा बसेका छन । अन्य सबै संक्रमित व्यक्तिहरुकाे (contact tracing) कन्ट्याक् टेसिङ  बाट पहिचान भएको हो  संक्रमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका