बागलुङमा चट्याङ लागेर युवकको मृ'त्यु–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • बागलुङमा चट्याङ लागेर युवकको मृ’त्यु

बागलुङमा चट्याङ लागेर युवकको मृ’त्यु

बागलुङमा चट्याङ लागेर युवकको मृ’त्यु

२५ भदौ, बागलुङ । चट्याङले लागेर बागलुङको ताराखोलामा गएराति एक युवकको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका – ३ सिलमारेका भीमबहादुर बस्नेतको मृ’त्यु भएको हो । मोबाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

टाउकोमा गहिरो चोट लागेका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गएराति नै मृ’त घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामीले बताए । चट्याङके उनको घरमा पारेको थप क्षतिको विषयमा अनुसन्धान भैरहेको छ । युवकको शवलाई पोष्ट’मार्टमपछि आज परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

चट्याङ परेको बेला विद्युतीय उपकरण चलाउन नहुने जानकारहरु बताउँछन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका