घरमै बसेर पोखरा हङकङ बजारबाट सामान अर्डर गर्न सकिने, महानगर भर होम डेलिभरीको सुबिधा–Samacharpati
Samacharpati
सोमवार, अशोज १२, २०७७
  • होमपेज
  • घरमै बसेर पोखरा हङकङ बजारबाट सामान अर्डर गर्न सकिने, महानगर भर होम डेलिभरीको सुबिधा

घरमै बसेर पोखरा हङकङ बजारबाट सामान अर्डर गर्न सकिने, महानगर भर होम डेलिभरीको सुबिधा

घरमै बसेर पोखरा हङकङ बजारबाट सामान अर्डर गर्न सकिने, महानगर भर होम डेलिभरीको सुबिधा

पोखरा, २४ भदौ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण धेरैको जिवनशैली बदलिएको छ । भिडभाडमा नजाने, अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कने, मास्कको प्रयोग गर्ने कुरामा नेपालीको बानी परिसकेको छ ।

यतिबेला धेरै व्यवसायहरु बन्द छन्, केहि बन्द भएभने कतिपय धारासाइ अवस्थामा छन्, तर यहि लकडाउनका कारण केहि व्यवसायहरु सुरु भए र बजारमा लोकप्रिय भईरहेका छन् । ति व्यवसाय मध्ये अनलाईन, टेक अवे र डेलिभरी सेवा दिने धेरै रहेका छन् । तर अनलाईन व्यवसाय गर्नेहरुले विश्वसनिय सो नदिएको गुनासो पनि आइरहेको छ ।

यस्तै पोखरामा पोखरा हङकङ बजारले पनि अनलाईन सपिङ र होम डेलिभरी सेवा सुरु गरेको छ । आफ्नो वेबसाइट र मोबाइल एपबाट नुनदेखि सुनसम्म हिरा देखि हिरासम्मका सामान अर्डर गर्न सकिने र सो सामान पोखरा महानगरपालिकाको डेलिभरी सेवा दिइरहेको संचालक मिलन तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “अबको समय अनलाईनको हो, परिस्थितिले पनि बजार बजार डुल्ने अवस्था छैन, आफुलाई मन परेको सामान आफ्नै मोबाइलमा हेरेर एक क्लिक गर्ने बित्तिकै हामीले ग्राहाकको घरसम्म अर्डर गरेको सामान पुर्याउने छौँ ।”

“बजारमा धेरै अनलाईनहरु खुलेको तर सेवाको विश्वसनियतामा प्रश्न उठिरहेको छ, हामी विश्वास दिलाउन चाहान्छौँ,” उहाँले भन्नुभयो – “सेवाग्राहीले अर्डर गरेको सामाग्रीको गुणस्तर भने अनुसारको नभए वा फरक पर्न गए फिर्ता गर्नसक्ने सुविधा पनि दिएका छौँ ।” “पोखरामा नै रहेर हामीले विगत लामो समय देखि व्यवसाय गर्दै आएका छौँ,” तिवारीले भन्नुभयो – “ढाँटेर हामीलाई व्यवसाय गर्नुछैन, हामी सकेसम्म कम मुल्यमा गुणस्तरीय सामाग्री सेवाग्राहीको घरसम्म पुर्याउने कुरामा प्रतिवद्ध छौँ ।”

पोखरा हङकङबजारको वेवसाइट (pokharahongkongbazar.com) पोखरा हङकङबजार डटकममा गएर आफुलाई आवश्यक पर्ने सामाग्री अर्डर गर्न सकिने संचालक तिवारीले बताउनुभयो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका