चितवन, २४ भदाै । चितवनमा बुधबार बिहानै ११ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित थपिनेमा भरतपुर महानगरपालिकाका ९ र माडीका २ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले बताइन् । भरतपुर अस्पताल प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा ११ जना थपिएका हुन् ।
कोरोना पोजेटिभ देखिनेहरू १८ महिने बालकदेखि ५४ बर्ष सम्मका छन् । मंगलबार राति १२ बजेसम्म २५७ वटा नमुना परीक्षण गरिएकोमा सिन्धुपाल्चोकका एक जनासहित १२ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुको स्वाब भरतपुर अस्पताल स्वाब संकलन केन्द्र र पुरानो मेडिकल कलेज तथा माडीमा क्वारेन्टिनबाट संकलन गरिएको थियो।