पोखरा, २३ भदौ । गण्डकी प्रदेशमा थप ११ जना कोरोना संक्रमित थपिएकाछन् । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या २६१२ पुगेको छ । भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा नवलपरासी पुर्व ६ जना संक्रमित थपिएकाछन् । उनिहरु गैडाकोट नगरपालिका वडा नं. २ का ५७ वर्षिय १ जना महिला र २२ वर्षिय पुरुष रहेका छन् । त्यस्तै सोहि पालिकाको वडा नं. ५ का ३८ वर्षिय पुरुष र ३२ वर्षिय महिला रहेका छन् भने वडा नं. ८ का २५ वर्षिय महिला रहेका छन् ।
त्यस्तै गरि कावासोतीको वडा नं. २ का २३ वर्षिय महिलामा पनि संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाकारी दिएको छ । यस्तै पोखरा महानगरपालिका वडा नं. १४ का ३७ वर्षिय पुरुष, १५ का २० वर्षिय पुरुष, १२ का २६ र २२ वर्षिय २ पुरुष र २७ का ४२ वर्षिय पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
संक्रमितमध्ये पोखराका सबै पे क्लिनिकमा नमुना परिक्षणका लागि आएकाहरु रहेको उल्लेख छ । त्यस्तै नवलपरासी पुर्वका सबै व्यक्तिलाई आइसोलेशनमा राखिएको छ भने पोखरामा थपिएका संक्रमितलाई आइसोलेशनमा लैजाने तयारी भईरहेको निर्देशनालयले जनाएको छ ।
यस्तै कास्कीको अन्नपुर्ण गाउँपालिका १ का ६३ वर्षिय महिलाको भदौ २१ गते विरेन्द्र अस्पताल छाउनीमा मृत्यु भएको छ । ब्रेन ट्यमर तथा मृगौलाको समस्या भई अस्पतालमा उपचाररत उहाँको भदौको १९ गते कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । यसैसंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।