पोखरामा सोमबार बिहानै ३१ जना कोरोना संक्रमित थपिए (कहाँ कहाँ थपिए हेर्नुहोस)–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • पोखरामा सोमबार बिहानै ३१ जना कोरोना संक्रमित थपिए (कहाँ कहाँ थपिए हेर्नुहोस)

पोखरामा सोमबार बिहानै ३१ जना कोरोना संक्रमित थपिए (कहाँ कहाँ थपिए हेर्नुहोस)

पोखरामा सोमबार बिहानै ३१ जना कोरोना संक्रमित थपिए (कहाँ कहाँ थपिए हेर्नुहोस)

पोखरा, २२ भदौ । पोखरा महानगरपालिकामा सोमबार बिहानै ३१ जना कोरोना संक्रमित थपिएका छन् । उनिहरु मध्ये पोखराको पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना नर्स र २ जना महिला सहयोगि रहेको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

यस्तै पोखराको औद्यागिक क्षेत्रमा रहेको पोखरा फुड्स प्रा.लिका २५ कर्मचारीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको । सो कम्पनिमा कार्यरत १७ महिला र ७ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यस्तै थपिएका २ जना पोखराको मेडिसिटी अस्पतालमा उपचाररत रहेको जनाइएको छ । गण्डकी प्रदेशमा सोमबार बिहान ६७ जना संक्रमित थपिएका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५९८ पुगेको निर्देशनालयले जनाएको छ । सबै व्यक्तिहरु (contact tracing)कन्ट्याक टेसिङ बाट पहिचान भएका हन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका