पोखरा फुड्स प्रा.लि. का २५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • पोखरा फुड्स प्रा.लि. का २५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

पोखरा फुड्स प्रा.लि. का २५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

पोखरा फुड्स प्रा.लि. का २५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

पोखरा, २२ भदौ । पोखराको औद्यागिक क्षेत्रमा रहेको पोखरा फुड्स प्रा.लिका २५ कर्मचारीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको । सो कम्पनिमा कार्यरत १७ महिला र ७ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

सोमबार बिहान निर्देशनालयले जारी गरेको विज्ञप्तीमा पोखरा फुड्समा कार्यरत १७ जना महिला मध्ये २२, २३, २७, २८, २८, २८, २५, ४०, २४, २३, २६, २३, २४, २६, ३२, ३५ र २४ वर्षिय रहेका छन् । त्यस्तै ८ जना पुरुषहरु मध्ये २७, २३, २०, ४०, २२, २३, ३७, २९ वर्षिय रहेका छन् ।

त्यस्तै निर्देशनालयका अनुसार पोखराको पश्चिमाञ्चन सामुदायिक अस्पतालमा काम गर्ने २ नर्स र २ महिला सहयोगिलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । बिज्ञप्तीका अनुसार सोमबार मात्रै कास्कीमा ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशमा सोमबार बिहान ६७ जना संक्रमित थपिएका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५९८ पुगेको निर्देशनालयले जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका