गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५९८ पुग्याे–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५९८ पुग्याे

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५९८ पुग्याे

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५९८ पुग्याे

पाेखरा, २२  भदाै । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५९८ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा  ६७ जना  नयाँ काेराेना संक्रमितहरु थपिएका छन ।

थपिएका सबै व्यक्तिहरु (contact tracing)कन्ट्याक टेसिङ बाट पहिचान भएका हन् । जसमध्ये कास्की जिल्ला, पोखरा महानगरपालिकाको मेडीसिटी अस्पतालमा उपचाररत २ जना  रहेका छन ।

कास्की जिल्ला, पोखरा महानगरपालिका, पृथ्वीचोकमा रहेको पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जना मध्ये २६ र २३ बर्षका २ जना महिला स्वास्थ्यकर्मी (स्टाफनर्स) रहेका छन भने ३६ र २७ बर्षका २ जना महिला सहयोगी कर्मचारी रहेका छन ।

त्यसैगरी कास्की जिल्ला, पोखरा महानगरपालिकामा रहेको पोखरा फूड्स प्रा.लि.मा कार्यरत १७ महिला र ८ जना पुरुष रहेका छन ।

नवलपरासी (ब.सु.पू.) जिल्ला, देबचुली-१२ का    ४० बर्षीय पुरुष पनि स्वास्थ्यकर्मी  रहेका छन भने  कोरोना पुष्टि भएका सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका