काटमाडौं २१ भदौ । कोरोनाको यो दुखद घडीमा नेपाल सरकाले नागरिकलाई कैदी भन्दा पनि पिडादायी स्थितिमा राखेको साझा पार्टीका नेता रविन्द्र मिश्रले बताएका छन् ।
विभिन्न अपराध गरी जेल जिवन बिताइरहेकाले त दैनिक खान पाउँछन् भने कुनै अपराध नै नगरी घरमा कैदी किन बनाएको नत खान छ , नत सरकालले राहत नै दिन्छ भन्दै आक्रोश पाखेका छन् नेता मिश्रले । यदी सरकारले यो दुखद खडीमा पनि जनतालाई राहत दिनैन भने यो सरकारले जनताको सहयोग चाहियो भनेर अपिल गर्नु पर्यो , होइन भने छट्पटाएर मार्नु यो अपराध हो ।
विपन्न वर्गकालाई यो लकडाउन जेल भन्दा पनि पिडादायी रहेको बताउँदै नेता मिश्र लेख्छन् । ‘म तिमीलाई जेलमा राख्छु तर जेलमा खाना खान दिन्नू भन्न मिल्दैन। बिपन्न श्रमिकहरूका लागि लकडाउन भनेको जेल समान हो।
कि सरकारले ‘हामी खाना खुवाउन नसक्ने अवस्थामा पुग्यौं, जनताको सहयोग चाहियो’ भनेर सार्वजनिक अपील गर्नुपर्यो, होइन भने नागरिकलाई यस्तो विचल्लीमा पार्नुरमार्नु अपराध हो।’