स्याङजाको पुतलीबजारमा २२ जना कोरोना संक्रमित थपिए (कुन वडामा कति थपिए हेर्नुहोस)–Samacharpati
Samacharpati
सोमवार, अशोज १२, २०७७
  • होमपेज
  • स्याङजाको पुतलीबजारमा २२ जना कोरोना संक्रमित थपिए (कुन वडामा कति थपिए हेर्नुहोस)

स्याङजाको पुतलीबजारमा २२ जना कोरोना संक्रमित थपिए (कुन वडामा कति थपिए हेर्नुहोस)

स्याङजाको पुतलीबजारमा २२ जना कोरोना संक्रमित थपिए (कुन वडामा कति थपिए हेर्नुहोस)

स्याङ्जा, २१ भदौ । स्याङजामा आज २२ जना कोरोना संक्रमित थपिएका छन् । उनिहरु सबै पुतलीबजार नगरपालिकाको भएको प्रदेश स्वास्थ्य निर्देशनाय पोखराले जनाएको छ ।

थपिएका संक्रमितहरु पुतलीबजार नगरपालिका वडा नं. १३ का ४७ र ४६ वर्षिय २ जना पुरुष रहेका छन् । त्यस्तै वडा नं. १ का ७६, ३४, ३०, ३५, २४, ५५ वर्षिय ६ जना पुरुष रहेका छन् । वडा नं. ३ का ४७, ४४, ५२, ५० वर्षिय ४ जना पुरुष रहेका छन् । यस्तै वडा नं. १५ का ४४, ३९, ३६, ३५, ३०, ३८, ५७, ४६ वर्षिय ८ जना पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

त्यस्तै वडा पहिचान नभएका ४५ वर्षिय १ जना महिला र ३५ वर्षिय एक जना पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण एवं रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । उनिहरुलाई आइसालेशनमा लैजाने तयारी भईरहेको शर्माले बताउनुभयो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका