दोचादोफर गुठी, गोर्खाली र सिमकोटीहरू–Samacharpati
Samacharpati
सोमवार, अशोज १२, २०७७
  • होमपेज
  • दोचादोफर गुठी, गोर्खाली र सिमकोटीहरू

दोचादोफर गुठी, गोर्खाली र सिमकोटीहरू

दोचादोफर गुठी, गोर्खाली र सिमकोटीहरू

सिमकोट हुम्लाको केन्द्र मात्रै नभएर नेपालको उच्चस्थानमा रहेको सदरमुकाम पनि हो । यसको पौराणिक सन्दर्भ बोन धर्मसँग र ऐतिहासिक प्रसङ्ग खश मारुल्ले राजाहरूसँग गाँसिएको छ । यो कर्णाली प्रदेशको उत्तरी प्रदेशद्वार हो ।

ऐतिहासिक र सामरिक स्थल मारुल्लेकोट हो । सांस्कृतिक, सामजिक, आर्थिक र प्राकृतिक सङ्गमलाई परिचालन गर्ने प्रशासनिक केन्द्र पनि हो । यो स्थान प्राचिनदेखि अर्वाचिनसम्म शक्ति र प्रशासनिक मुख्यालय र मुख्यालयको कुनै न कुनै भागको रुपमा रहेको तथ्य पाइन्छ ।

अशोकचल्लको नेपाली भाषाको शुद्ध लेखोट वि.सं.१३१२को ताम्रापत्र, वि.सं. १९०३को दोचादोफर गुठीको स्थापना, वि.सं. १९६९मा स्थापित कर्णालीको उत्तरी क्षेत्र हेर्ने न्यायालय रहेको स्थान आदिको स्थापनाले यस ठाउँको महत्व र ऐतिहासिकतालाई दर्शाउँछ ।

यहाँको लोककथन अनुसार सिमकोटको पश्चिममा भग्नावशेषको रुपमा रहेको मारुल्लेकोट खश मारुल्ले राजाहरूको प्रमुख प्रशासनिक केन्द्र र शीतकालीन दरबार हो भनिन्छ । यहाँ नौतले दरबार थियो रे तर ग्रीष्मकालीन राजधानी हुम्लाको उत्तरीद्वारको अन्तिम विन्दु ह्याँरी हाल अपभ्रंश भएर यारीगाउँ रहेको छ । यारीको भन्ज्याङ्गको काखमा अवस्थित उच्चसमस्थली यारीमा तालाखारको व्यापारमा जानेहरूबाट जमात उठाउने, शिकार खेल्ने, सीमाको रेखदेख गर्ने, बन्द व्यापारलाई नाईकोराबाट सुरक्षा गर्ने कार्य प्रमुख थिए ।

यो स्थान अव्यापारी कर उठाउने मार्ग भएकोले यहाँको भन्सार प्रतिनिधिको रुपमा पुत्ला राखिन्थ्यो । पछि धर्मभकारीको नाममा जुम्ला राज्यबाट वार्षिक ठेक्काप्रणालीमा दिने गरियो । जो जसले पनि बोलकबोलको बढाबढमा ठेक्कामा लिने चलन थियो ।

कवोल गरेको रकम राज्यलाई बुझाएर बाँकी रकम ठेक्का कबोल गर्नेले नै लिन चलन पाइन्छ । स्थायी र शीतलकालीन केन्द्र सिमकोटको मारुल्लेकोट भएकोले यहाँको बस्ती घना व्यवस्थित थियो । जहाँ ओरा, भोरो, खाँदी, खुड्को, धराल, पछाल, रावल, बुढाथोकी, रोकाया, दमाई, कामी र सुनार आदिको व्यवस्थित बस्ती भएको कुरा हाल प्राप्त पुरात्तात्विक सामाग्री, स्थाननाम, घरका खण्डहरहरूका भग्नावशेष र लोककथनहरूले पृष्टि गरेका छन् ।

अझ मालपोत कार्यालय र मुखियाहरूका घर घरमा रहेका पुराना कागजातहरूको प्रमाणले पनि प्रस्ट पार्छ । सिमकोट एक विचित्रको ऐतिहासिक ठाउँ भए पनि हाल यसका धेरै स्थानहरु खण्डहरमा परिणत भएका छन् । जसमध्ये मारुल्लेकोट पनि एक हो । जसको मुहारमा ठूला ठूला झारजङ्घल उम्रेर विरुप भएको छ । यसको पूर्वतिर ठूला ठूला दश गाउँ थिए । त्यहाँका स्थानीय जानमानहरूमा डुकछिमेल,गाङछिमेल, छिकछिमेल, नाङछिमेल र काङछिमेलले गाउँसमाजलाई सुव्यस्थित गरेका थिए ।

जसको साक्षी सिमकोट पाँबाडा गाउँको मुङग्राधाराको कलात्मक रुप हो । त्यो नै ऐतिहासिक गौरव गाथाको प्रशस्ती र परिचयको संवाहक हो । जहाँ नागराज, अशोक चल्ल, पुण्य मल्ल, पृथ्वीमल्ल, बलीराज,फ्याउराज, सोभान साई र मलय वर्माहरूको केही न केही रगत, पसिना र श्रमले सिमकोटलाई रंगाएको छ । यो एक सामरीक, व्यापारीक र धार्मिकस्थल सिमकोट वि.स. १८४६सम्म सभ्यताको बलियो धरोहर थियो ।

तर पछि राजनीति पूर्वाग्रहले ध्वस्त भयो र पारियो । २३१ वर्षअघि गोर्खा साम्राज्यवादले बलत्कार गरेको आलो घाउ गोर्खाली शब्द हो । यो शब्दले पनि अहिले कर्नालीलाई च्यापेको छ । तर पनि हामी नेपालीलाई विशाल नेपाल चाहिएको छ । तर भौगोलिक एकीकरणले मात्र अब पुग्दैन । यसका लागि सामाजिक, सांस्कृतिक र आर्थिक रुपमा सम्मीलन हुने नेपाल चाहिएको छ । समावेशी नेपाल चाहिएको छ । संघीय नेपाल चाहिएको छ ।

समतामुलक समाजको आधार तय गर्ने नेपाल चाहिएको छ । तब मात्र अन्त्तराष्ट्रिय दबाव दिनसक्छौ। कर्णाली क्षेत्रमा गोर्खाली शब्दभन्दा र सुन्दा त्रसित हुन्छन्, छन् र दुःख दिन आएका हुन् भन्ने भावमा बुझिन्छ । सिमकोटको वर्तमान अवस्था बेहालको छ । पञ्चायतकालमा मारुल्लेकोटलाई रानीवनभनिन्थ्यो तर आजभोलि आर्मीको जिल्ला क्वाटर भएको छ ।

यहाँको जंगल पातलिदैं नाङ्गो हुन थालको छ । यहाँको माटो कुरुपिन थालेको छ । सिमकोटको शाब्दिक अर्थ सिमकोट छ र हो । सिङंकोट र सिमकोट रहेको सम्भावना रहेको छ । वर्तमानमा सुरक्षित र संरक्षित राख्नुपर्ने ठाउँहरूमा कुकीलकोट, धरलाघर, टुङमा, रिगाडे, ठुने, भदाले,सेरा, चुलिझाड र पीपलनाउला आदि छन् । यी ठाउँहरुमा अहिले पनि खनजोत गर्दा पुरना गरगहना,भाँडाकुँडा, हातहतियार, सिक्का र धातुहरु पनि सहज रुपमा भेट्टाइन्छ ।

त्यो मारुल्लेकोटको स्वरुप आज पनि राम्रोसँग देखिन्छ । राजा बस्ने कोटलाई मारुल्लेकोट, दासदासी बस्ने कुमारेकोट र भाइदार बस्ने लामादग्डा, धरलाघर, टुङमा आदि थिए । यहाँ जातिय उत्थान र पतनकोे सघङ्र्षले यहाँको यो
गौरवको नीधि धराशायी भएको देखिन्छ ।

कुनै बेला सम्मानीत भएको मारुल्ले शब्द आजभोलि रीस,राग, द्वेय, ईष्र्या र कलहको पर्याय रुपमा अर्थ लगाइन्छ ।
यहाँ दशौ शताब्दीमा बोन धर्मको हिल्छो देवतामाथि पूर्व वैदिक धार्मिक देवता मष्टोले गरेको कपटपूर्ण
छलको रहर र कहरलाग्दो सिलोक र गाथाहरु धेरै धेरै छन् ।

सिमकोटमाथि दशौ शताब्दीतिर पहिलो झड्का, पन्ध्रौ शताब्दीमा दोस्रो झड्का र कल्यालको प्रवेश, अठारौ शताब्दीतिर गोर्खालीको आक्रमण र विजय तेस्रो झड्का र विं.सं. २०४६ देखि हालसम्म चौथो झड्का लागेको आंकलन गर्न सकिन्छ । यसले यहाँको सांस्कृतिक र सामाजिक विलय, प्रलय र आलय भएको पाइन्छ ।

त्यसपछि जङ्खवहादुरको उदय, पञ्चायतकालको शुरुवात, वि।सं।२०२१ भुमिसुधार, गाउँफर्क राष्टिय अभियान,
२०३६ को जनमत सङग्रह, २०४६ को जनआन्दोलनबाट सर्वाधिक प्रभावित भए पनि आँसे र गाँसेको सामन्ती व्यवहार अझै हावी भएको छ । नेतापछि लाग्यो सोझा निमुखालाई कुटपीट गर्यो ।

सार्वजनिक योजनाको ठेकदार बन्यो । रकम कुम्ल्यायो । अध्यक्ष ठेकदार, सचिव पसले, शिक्षक होटले र सर्बत्र वेरोजगारको झोले बन्यो । तहअनुसारको बक्सौनी चढायो । काम नगरे पनि काम पुरा जाँचपास र मूल्यांकन गर्यो गरायो । यही चलन यहाँको भन्दै राजनीतिको खेतीमा युवाहरूलाई बराल्यो । बस कसले सोच्ने रु त्यो सक्रिय जनशक्तिको सदुपयोगतिर ध्यान, न्यान र छ्यान १ अहिले त सिमकोटीहरु जग्गा बेच्दै कितावलाई चाकमा लुकाई फेसनदार भएका छन् ।

गर्भभित्रै प्रेमपत्रहरू आदनप्रदान गरेर सात महिनामा आमाबुवा बनेका छन् । मादकपदार्थ र धुम्रपानको प्रतियोगिता हुन्छ । सिममा भिजेको कोट त अहिले दुगन्र्धमा भिजेको फुटपाथको सस्तो भोट, नोट,बोट र रोटका लागि खर्च भएको छ । स्वार्थको हिटलर हिड्दैछ, ड्रक्यूला नाँच्दैछ र दादा इमीन गीत गाउँछ । प्रत्येक चोक गल्ली र कोठा चोटाहरूमा छाला तरेर घाम ताप्छन् ।

यहाँका धाराहरू बौलाएका छन् । रुखहरु रक्सी पिउँछन् । खाद्यान्न मालपानीको सौगात हुन्छ । फगत् दत्तात्रेय चौतारी
ठिङ्ग उभिएको छ । जग्गा बेच्यो । भाग्यले पुष्पक विमानरुपी ट्वीनअटर चढ्यो । नेपालगंज ओल्यो–बारीचट, जग्गा चट र फोटो खिच्यो एक सट । र त दिनका दिन बजारको मार छ । घाँटीमा सुनको हार छ । म त सिमकोटी हुँ भन्ने घमण्डको हजार भोल्टको तार छ । घर वरपर अंकुसको तार छ। बारीभरी प्लाष्टिके फोहारको उपहार छ । जग्गाभरी झिनीन्टीको जार छ ।

सबैको घाँटीमा सिसाको हार छ । र त पनि म सिमकोटी हुँ सिमकोटको रु म सदरमुकामको सिमकोटी हुँ चामलको राशमा बसेको सिमकोटी रु रक्सीको बासमा बसेको सिमकोटी हुँ रु तासको रासमा बसेको सिमकोटी हुँ रु यहाँ पिढीअन्तर छ । ‘भित्त जान्दैन भाहिर मान्दैन उन्तर ल्हैजा काल’ भन्ने हुम्ली उखान चरीतार्थ भएको छ सिमकोट ।

नेताका लागि भाला, चेन, छुरी र सिक्री बोक्ने हाम्रा सक्रिय र सशक्त जनशक्तिहरूले आफ्नो सांस्कृतिक र सामाजिक पहिचान खोज्नुको सट्टा घर घरमा ढाड सेकाएर चमकको सामान खोज्न खाद्य गोदाममा जान्छन् । तर पनि गुलेली हानेर गोतीयारलाई नै घाइते बनाउने काम भएको छ ।

न त बाजेको अर्ती नातिको नाकमा पुग्छ न त बाजे नातिको पालाको विकासलाई स्वीर्कान सक्छ छ रु न त छोराले बाबुको पालाको सकरात्मक विधि र नीतिको लेखाजोखा गर्न जानेको छ । न त बाबुले छोराको पालाको परिवर्तनलाई स्वीकारेको छ । सासुहरू बुहारीलाई जुठो भाँडा मात्र धुवाउन सिकाउँछन् तर सिर्जनाको बाटोमा बार लगाई बैकिनीको जातले घरको धेलो नाँघ्न हुन्न भनेर भविष्यवाणी गर्छन् । अझै पनि आशा गरौं । केही सक्षम जमातबाट उन्नत,उज्ज्व, र उज्यालो भविष्यको आशा लाग्दो क्षणको प्रतीक्षा गरौं !

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका