पोखरामा आज बिहानै थपिए २० जना कोरोना संक्रमित (हेर्नुहोस कुन वडामा कति थपिए)–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • पोखरामा आज बिहानै थपिए २० जना कोरोना संक्रमित (हेर्नुहोस कुन वडामा कति थपिए)

पोखरामा आज बिहानै थपिए २० जना कोरोना संक्रमित (हेर्नुहोस कुन वडामा कति थपिए)

पोखरामा आज बिहानै थपिए २० जना कोरोना संक्रमित (हेर्नुहोस कुन वडामा कति थपिए)

पोखरा, २१ भदौ । पोखरा महानगरपालिकाका विभिन्न वडामा २० जना कोरोना संक्रमित थपिएका छन् । २० जना मध्ये २ जना पोखराको अमरसिंहचोकमा रहेको पार्कल्याण्ड अस्पतालका स्टाफ नर्स रहेको प्रदेश स्वास्थ्य निर्देशनाय पोखराले जनाएको छ ।

पोखराका ८ वटा वडामा २० जना थपिएका हुन् । उनिहरु पोखरा १० का १ जना ४२ वर्षिय पुरुष, ४ का १ जना ३५ वर्षिय पुरुष, २७ का १ जना ४२ वर्षिय पुरुष, ७ का २ जना ५२ र २५ वर्षिय पुरुष रहेका छन् ।

त्यस्तै वडा नं. ८ का ३८ र ३६ वर्षिय २ महिला, २७, ११, ४१ वर्षिय ३ पुरुष रहेका छन् । उता वडा नं. १० मा ५३ र २५ वर्षिय २ महिला तथा ५२, ३१ र २७ वर्षिय ३ पुरुष रहेका छन् । पोखराको वडा नं. २७ का ३६ वर्षिय एक पुरुष, वडा नं. ३ का २८ र ४२ वर्षिय २ पुरुष रहेका छन् ।

उनिहरु सबै कन्ट्याक ट्रेसिङको आधारमा पहिचान भएको निर्देशनालयले जनाएको छ । उनिहरुलाई आइसालेशनमा लैजाने तयारी भईरहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण एवं रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका