गण्डकी प्रदेशमा थपिए ४४ जना नयाँ काेराेना संक्रमित–Samacharpati
Samacharpati
सोमवार, अशोज १२, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा थपिए ४४ जना नयाँ काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए ४४ जना नयाँ काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए ४४ जना नयाँ काेराेना संक्रमित

पाेखरा, २० भदाै । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४४७ पुगेको छ ।  क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप  नयाँ संक्रमितहरु ४४ जना रहेका छन ।

कास्की जिल्ला, पोखरा महानगरपालिकाका -७  २ जना महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पृथ्वी चोकमा कार्यरत कर्मचारी रहेका छन । पोखरा महानगरपालिका-१७ का २५ बर्षका पुरुष, पोखरा महानगरपालिका-१५ का २८ र ४५ बर्षीय पुरुष, पोखरा महानगरपालिका- ६ का ३० वर्षिय पुरूष, ३७ वर्षिय एक महिला छन । पोखरा महानगरपालिका-१४ का ४१ र ४४ बर्षीय २ पुरुषहरु र पोखरा महानगरपालिका-२४ का ३१ बर्षीय पुरुष गरि ५ जना भारतबाट आउनेमा संक्रमण देखिएकाे हाे।

पोखरा महानगरपालिका-१६ का ५२ बर्षीय पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी हुन् । बाग्लुङ जिल्लामा तमन्खाेला- १ का एक जना, बडिगाडा का एक जना , बाग्लुङका एक जना गरि तिन जना रहेका छन । लमजुङ जिल्ला, बेशीसहरका ४ जना लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरु रहेका छन ।

अन्य सबै व्यक्तिहरु  कन्ट्रयाक टेसिङ  बाट पहिचान भएका हुन। सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका