आजबाट पोखराको १०, १२ र १३ नम्बर वडा सिल (के गर्न पाइन्छ के गर्न पाइदैन हेर्नुहोस)–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • आजबाट पोखराको १०, १२ र १३ नम्बर वडा सिल (के गर्न पाइन्छ के गर्न पाइदैन हेर्नुहोस)

आजबाट पोखराको १०, १२ र १३ नम्बर वडा सिल (के गर्न पाइन्छ के गर्न पाइदैन हेर्नुहोस)

आजबाट पोखराको १०, १२ र १३ नम्बर वडा सिल (के गर्न पाइन्छ के गर्न पाइदैन हेर्नुहोस)

पोखरा, २० भदौ । पोखरा महानगरपालिकाका केहि वडाहरु गए राती १२ बजेबाट सिल गरिएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि पोखराका १०, १२ र १३ नं. वडा सिल गरिएको हो । ३ वटै वडाका वडाध्यक्षले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै १०, १२ तथा १३ नम्बर वडा गए राती १२ बजेबाट भदौ २६ गतेसम्मका लागि सिल गर्ने जानकारी दिएका हुन् ।

पोखरा १०, १२ तथा १३ अन्तरगतका स्वर्णिम टोल, अन्नपूर्ण टोल, लालीगुरासँ टोल, भद्रकाली हुँदै ढिकालेथर, कुँडहरचोक हुँदै मियापाटनसम्म सबै क्षेत्र त्यस्तै लालीगुरासँ मिनीमार्ग, प्रगती टोल, विपी मार्ग ‘क’ र ‘ख’ सबै हुँदै भद्रकाली ‘ख’ टोल विकास क्षेत्र, माछापोखरीदेखि संगम टोल, मियापाटन, अन्नपूर्ण टोल हुँदै बेसलाइन स्कुल क्षेत्रका सबै क्षेत्र सिल गरिएको विज्ञप्तिमा जनाइएको छ ।

सिल गरिएका वडाभित्र खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म खोल्न पाइने छ । साथै एम्बुलेन्स तथा अन्य अति आवश्यकीय क्रियाकलाप गर्न भने रोक नलगाइने भएको छ । यस्ता सेवा सञ्चालन गर्दा सेनिटाइजरको नियमित प्रयोग गर्न, मास्कको अनिवार्य प्रयोग तथा भौतिक दुरी कायम गर्न वडाका वडाध्यक्षहरुले जारी गरेको विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका