जोडिनुहोस
  • होमपेज
  • पर्वतको विहादीमा सात वर्षीया बालिका बलात्कृत

पर्वत

पर्वतको विहादीमा सात वर्षीया बालिका बलात्कृत

rape-balatkarलक्ष्मीप्रसाद सापकोटा, पर्वत, जेठ १७ । दक्षिण पर्वतको विहादी गाउँपालिकामा सात वर्षीया बालिका बलात्कृत भएकी छन् ।

विहादी गाउँपालिका वडा नं. ५ उरामको खोरोपोखराकी ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्लाको पैयूँ गाउँपालिका–६ सरौँखोला घर भएका सुरज खोरोपोखरामा रहेको चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम गर्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय हुवासका प्रमुख एवं प्रहरी निरीक्षक मित्रबहादुर आचार्यका अनुसार सुरजले विद्यालयको केही तल लगेर ती बालिकालाई जबर्जस्ती करणी गरेको स्वीकारेका छन् ।

घटनापछि भाग्दै गरेका उनलाई इलाका प्रहरी कार्यालयको टोलीले राति ८ बजे उरामबाट पक्राउ गरेको हो । पीडित बालिकालाई स्वास्थ्य परीक्षणको लागि पोखराको गण्डकी अस्पतालमा पठाइएको छ ।

पक्राउ परेका सुरजसँग बयान लिने तथा घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

News Source : Imagekhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका