लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाबाट एक महिलाको मृत्यु–Samacharpati
Samacharpati
शनिबार, कार्तिक ८, २०७७
  • होमपेज
  • लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाबाट एक महिलाको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाबाट एक महिलाको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाबाट एक महिलाको मृत्यु

रुपन्देही, १८ भदाै । कोरोनाका कारण रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको सैनामैना ११, सालझण्डीकी ७७ वर्षीया महिला रहेकी छन् ।

बुधबार साँझ ७ बजे अस्पताल ल्याइएकी ति महिलाको बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

उनलाई कोरोना विशेष अस्पतालमा बेड र भेन्टिलेटर दुवै खाली नभएर प्रादेशिक अस्पतालकै आइसालेसनमा राखी उपचार गरिएको थियो ।

उनमा इमरजेन्सी एक्स्पर्ट टेस्टबाट पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।गत ३ दिनदेखि खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएकी उनलाई अक्सिजन दिई उपचार गरिएको र श्वास लिन नसकेपछि मृत्यु भएको हो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका