गण्डकी प्रदेशमा थपिए  १८ जना नँया कोरोना संक्रमित–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा थपिए  १८ जना नँया कोरोना संक्रमित

गण्डकी प्रदेशमा थपिए  १८ जना नँया कोरोना संक्रमित

गण्डकी प्रदेशमा थपिए  १८ जना नँया कोरोना संक्रमित

सुनिता कार्की, पाेखरा, १७ भदाै । नेपालमा कोरोना संक्रमितको संख्या दिनका दिन बढिरहेकाे छ । अध्यावधिक विवरण अनुसार  गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २,२,६४ पुगेको छ । क्षयरोग उपचार केन्द्रमा  गरिएको परिक्षणमा गण्डकी प्रदेशमा आज थप  १८ जना कोरोना   संक्रमितहरु थपिएका छन।

संक्रमितहरु कास्की पाेखरा महानगरपालिका-१५ का २८ वर्षिय एक जना पुरूष,  तनहुँ शुक्लागण्डकी-१ का २० वर्षिय एक जना महिला , नवलपरासी देवचुली -१ का २३ वर्षिय एक महिला, स्याङ्जा आधिखाेलाका- १ का २८ वर्षिय एक पुरूष , लम्जुङमा बेशीसहर -२ का ४० वर्षिय पुरूष, लम्जुङ बेशीसहर ८ मा ३१, २२ ,१८ , ४०, ३६,  ३१ वर्षिय पुरूष  ,लम्जुङ बेशीसहर -३ मा ३७ ,३७ वर्षिय २ पुरूष , १३ र २३ वर्षिय महिला , लम्जुङ बेशीसहर -१० का २७ वर्षिय पुरूष, लम्जुङ बेशीसहर – ७ का २३ वर्षिय एक पुरूष र ४४ वर्षिय एक महिला गरि  १४ जना लम्जुङका कोरोना संक्रमित रहेका छन । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ |

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका