अब नेपालबाट बेलायतसम्म बसमा नै सरर जान मिल्ने–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • अब नेपालबाट बेलायतसम्म बसमा नै सरर जान मिल्ने

अब नेपालबाट बेलायतसम्म बसमा नै सरर जान मिल्ने

अब नेपालबाट बेलायतसम्म बसमा नै सरर जान मिल्ने

काठमाडौँ, १६ भदाै । अब काठमाडौँबाट बेलायतसम्म बसमा नै सरर जान मिल्ने भएको छ ।  काठमाडौंबाट ११ सय किलोमिटर टाढा नयाँ दिल्लीसम्म एउटा बसमा गएपछि  नयाँ दिल्लीबाट सिधै लण्डन जान सकिने भएको छ ।

हाल कोरोना महामारीले अन्तराष्ट्रिय सीमा नाका बन्द भए पनि बन्द खुलेपछि दिल्लीदेखि लण्डनसम्म बसमा नै जान सकिने बेलायती अखबार द मिररले आफ्नो रिर्पोटमा उल्लेख गरेको छ । मिररका अनुसार १८ वटा देश पार गर्दै लण्डन पुग्नका लागि बसमा नै ७० दिन लाग्ने बताइएको छ ।

यो रुटमा २०२१ देखि बस संचालन हुनेछ र यो रुट २० हजार किलोमिटर लामो हुने पनि मिररको उक्त रिर्पोटमा उल्लेख छ । एडभेन्चर्स ओभरल्याण्ड नामक कम्पनीले संचालनमा ल्याउन लागेको यो बसले यूरोपका ठूला शहरहरु मस्को, भिल्नियस, पग, ब्रसेल्स, फ्रयांकफर्टसँगै उज्वेकिस्तानको तास्कन्द, समारकन्द पार गर्दै अन्तिम स्टेशन लण्डनसम्म यात्रुलाई पुर्याउनेछ ।

उक्त यात्रामा १८ देश को भिसा चाहिने भएकाले यो सबै पर्यटक यात्रुहरुमा सम्भव नहुने भएका कारण भिसााको सम्पूर्ण जिम्मेवारी कम्पनीले नै लिने कम्पनीका संस्थापक संजय मदन र तुषार अग्रवालले एक अन्तरवार्ताका क्रममा बताएका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका