एक सय ११ दिनको अवसरमा विश्वव्यापी भर्चुअल बाछिटा कार्यक्रम सम्पन्न–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • एक सय ११ दिनको अवसरमा विश्वव्यापी भर्चुअल बाछिटा कार्यक्रम सम्पन्न

एक सय ११ दिनको अवसरमा विश्वव्यापी भर्चुअल बाछिटा कार्यक्रम सम्पन्न

एक सय ११ दिनको अवसरमा विश्वव्यापी भर्चुअल बाछिटा कार्यक्रम सम्पन्न

कर्णबहादुर रोकाया,  हुम्ला,  १५ भदाै । नेपाल राष्ट्रिय बाछिटा प्रतिष्ठानको आयोजनामा बाछिटा लेखनको एक सय ११ दिन पुगेको अवसरमा विश्वस्तरीय भुर्चअल बाछिटा कार्यक्रम २०७७ साल भदौ १३ गते शनिवार बेलुका ८ बजेदेखि ११ बजेसम्म सम्पन्न भएको छ ।

“तीन पाँच तीन अक्षर”बाट सिर्जना गरिने नेपाली कविता विधाको सबभन्दा छोटो र एक मौलिक उपविधा हो । यसलाई मौलिक नेपाली नाम ‘बाछिटा’ भन्ने गरिएको छ । यसको सिर्जना औपाचारिक रुपमा गरिएको २०७७ साल भदौ १३ गते शनिवारका दिनमा एक सय ११ दिन पुगेको छ ।

यो अवसरबाट विश्वभरीबाट भर्चुअल बाछिटा वाचन कार्यक्रम २०७७ साल भदौ १३ गते शनिवारका दिनमा बेलुका आठ बजेबाट ११ बजेसम्म यो कार्यक्रम सम्पन्न भएको जानकारी नेपाल राष्ट्यि बाछिटा प्रतिष्ठानका महासचिव विष्णु भट्टराई बिभुले दिएका छन् ।

प्रत्येक बाछिटाकारहरूले दुई थान मौलिक बाछिटा भर्चुअल माध्यमबाट वाचन गरेका छन् भने यस अवसरमा प्राविधिक कारणले सहभागी हुन नसकेका सात दर्जन स्रष्टाहरूको मौलिक बाछिटा सञ्चालहरूले नै वाचन गरेका छन् ।

नेपाली कविता विधाको एक मौलिक उपविधाको रुपमा विकास हुँदै गएको बाछिटाको रचना विधान तीन पाँच तीन अक्षरमा गरिने भए पनि यसमा ऋतुबोधक शब्दलाई अनिवार्य आत्माको रुपमा प्रयोग गर्नु पर्ने नेपाल राष्ट्यि बाछिटा प्रतिष्ठान नेपालका सल्लाहकार चेतनाथ धमलाको भनाई रहेको छ ।

यो नेपाली समाजको हास परिहास, आरोहअवारोह तथा याम आयामलाई प्रतीकात्मक रुपमा प्रस्तुतीकरण गर्ने कविता संरचनाको एक सशक्त मध्यमका रुपमा विकास र विस्तार गर्नका लागि विश्वका छरिएर रहेका सयौं उर्जाशील नेपाली बाछिटाकारहरूले मौलिक र उत्कृष्ट बाछिटाहरू प्रस्तुत गरिएको भर्चुअल वाचन कार्यक्रमले देखाएको छ ।

यो कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्यि बाछिटा प्रतिष्ठानका अध्यक्ष खगेन्द्र बस्यालको रहेको छ भने उद्घाटन डा नारायण गैरले गर्नुभएको हो । विशेष अतिथि सहप्राध्यापक डा. नारायण गैरे, हाइकु संघ अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका सदस्य चेतनाथ धमला तथा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णको रहेको थियो ।

यो कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठानका सचिव निरु गौतमले गर्नु भयो भने समापन मन्तव्य भारती न्यौपाने दाहलले गर्नु भएको छ । यो कार्यक्रमको सहजीकरण तथा सञ्चालन प्रतिष्ठानका महासविच विष्णु भट्टराई र सदस्य साबित्रा पाण्डेले गर्नुभएको हो ।

आगामी दिनहरुमा यो प्रतिषठानले निम्न कामहरु गर्ने भएको छ । बाछिटा विधाको सैध्दान्तिक अवधारणाको निर्माण, बाछिटा विधा लेखनको बिस्तार, बाछिटा विधाको व्यापक प्रचारप्रसार, अब हामी दोस्रो चरणमा अवधारणाअनुरूप स्तरीय र परिष्कारपूर्ण बाछिटा लेखन, विभिन्न पत्रपत्रिकामा व्यापक रूपमा, बाछिटा प्रकाशन, विधागत सैध्दान्तिक अवधारणा, फुटकर बाछिटाहरूको समालोचना लेखन र प्रकाशन बाछिटा विधाको राष्ट्रिय र क्षेत्रीय रूपमा प्रदर्शनीका कामहरु गरिने जानकारी प्रतिष्ठानका वरिष्ठ सल्लाहकार अमर त्यागीले जानकारी दिएका छन् ।

पछिल्लो समय मौलिक रुपमा विकास विस्तार हुन लागेको बाछिटा सिर्जनामा सयौं सर्जकहरुलाई एक सुत्रमा आवद्ध गराएर एक सशक्त साहित्यिक आन्दोलनका रुपमा विकास गर्ने गराउने आयोजकले बताएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका