कालीकोट नाग्म बजारमा पहिरो जाँदा चार जानको मृत्यु – Samacharpati Samacharpati कालीकोट नाग्म बजारमा पहिरो जाँदा चार जानको मृत्यु – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • कालीकोट नाग्म बजारमा पहिरो जाँदा चार जानको मृत्यु

कालीकोट नाग्म बजारमा पहिरो जाँदा चार जानको मृत्यु

कालीकोट नाग्म बजारमा पहिरो जाँदा चार जानको मृत्यु

खलङ्गा, १४ भदौ । कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा चार जानको मृत्यु भएको छ । आज बिहान ७ः०० बजे पहिरो जाँदा तीन घर पहिरामा पुरिँदा तीन जना बेपत्ता भएका छन् ।

स्थानीयवासी पर्याक शाहीको घर पहिराले पुरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताउनुभयो ।

पहिरामा ४० वर्षीय पर्याक शाही, उहाँकी सात वर्षीया छोरी हिमा शाही, पाँच वर्षीय छोरा निराजन शाही र दुई वर्षीय छोरा अक्कल शाहीको मृत्यु भएको हो ।

उनीहरूको शव अपराह्न ३ः०० बजे भेटिएको प्रहरी नायब निरीक्षक ओलियाले बताउनुभयो । पहिरामा परेका मृतक शाहीकी श्रीमती पुण्या शाही र अर्का एक जना अर्जुन हमालको उद्धार गरिएको छ । उद्धार गरिएकाको उपचार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

बेपत्ता तीन जनाको पहिचान खुल्न नसकेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थल जुम्ला र कालीकोट जिल्लाको सिमाना नजिक कर्णाली राजमार्गको कालीकोट सडक खण्डमा पर्दछ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जीवितै उद्धार गरिएका घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको जानकारी दिनुभयो । घटनामा के कति मानवीय क्षति भएको भन्ने एकिन विवरण आउन नसकेको उपरीक्षक धामीले बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका