कुलमान घिसिङको बारेमा बन्यो नयाँ गीत–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • कुलमान घिसिङको बारेमा बन्यो नयाँ गीत

कुलमान घिसिङको बारेमा बन्यो नयाँ गीत

कुलमान घिसिङको बारेमा बन्यो नयाँ गीत

प्रदिप त्रिपाठीको नयाँ गीत “वाह ! कुलमान” सार्बजनिक भएको छ । कुलमान घिसिङको बारेमा बनेको नयाँ गीत डिजिटल स्टारको युटुब च्यानलबाट सार्बजनिक गरिएको हो । गितमा शब्द प्रदिप त्रिपाठी र प्रदिप तिवारीको रहेको छ भने स्वर र लय भने प्रदिप त्रिपाठी आफैको रहेको छ । गीतको संगीत संयोजन तारानाथ आचार्यले गरेका हुन् । कुलमान घिसिङका विभिन्न तस्बिरहरु प्रयोग गरेर छायांकार तथा सम्पादक समीर रामदामले गीतको भिडियो तयार पारेका हुन् ।

प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको चारवर्षे कार्यकाल यहि भदौ २९ गते सकिंदै गरेको समयमा सर्वसाधारण जनतादेखी सरकार चलाउने नेताहरु सम्मलाइ घिसिङले गरेका कामहरुको जानकारी होस् र घिसिङलाई पुनः सोही पदमा नियुक्ति होस् भन्ने भावनाका साथ उनले गरेका कामहरुको वर्णन गर्दै गीत तयार पारिएको छ । केहीदिन यता पुनः कुलमान घिसिङलाई नै नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक बनाइयोस् भन्ने भनाइले सामाजिक संजालमा व्यापकता पाईरहेको छ ।

“बेसार पानी ” गीत चर्चित भएपछी “तेल खायो बत्तीले” र “के.पि बाको अयोध्या” गीत पनि दर्शकले मन पराएका थिए । आज मात्र सार्बजनिक भएको सो गीतले पनि दर्सकको मन जित्ने कलाकार त्रिपाठीले भनाइ रहेको छ । समय सान्दर्भिक गीतहरुलाइ उठान गरी पछिल्लो समयमा निकै चर्चित बन्दै छन् प्रदिप त्रिपाठी

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका