कोरोना संक्रमितको मृत्यु भएपछि करापुटारमा त्रास, घरघरमा पुगेर पिसिआर परिक्षण गरिने–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • कोरोना संक्रमितको मृत्यु भएपछि करापुटारमा त्रास, घरघरमा पुगेर पिसिआर परिक्षण गरिने

कोरोना संक्रमितको मृत्यु भएपछि करापुटारमा त्रास, घरघरमा पुगेर पिसिआर परिक्षण गरिने

कोरोना संक्रमितको मृत्यु भएपछि करापुटारमा त्रास, घरघरमा पुगेर पिसिआर परिक्षण गरिने

पोखरा, १२ भदौ । पोखरामा शुक्रबार मध्यनेपाल नगरपालिका वडा नं. ७ रामबजारका एक जनाको मृत्यु भएपछि रामबजारमा त्रास छाएको छ ।

मृतक व्यक्ति २ दिन अघि मात्र पोखरा आएको र त्यस अगाडी बजारमा हिडडुल गरिरहेकाले करापुटारमा कोरोना फैलिएको आशंका गरिएको छ । उनको कुनै हिस्ट्रि नभएको बताइएको छ उनलाई कसरी संक्रमण भयो भन्ने विषयमा खोज्नेकाम भईरहेको मध्यनेपालका प्रवक्ता गगन घिमिरेले बताउनुभयो ।

नगरपालिकाका मेयर रमेश पाण्डेका अनुसार नगरपालिकाको वडा नं. ६ र ७ शिल गरिएको छ । २ वटा वडा पुर्ण रुपमा शिल गरिएको र घरघरमा पुगेर भोलीनै पिसिआर परिक्षण गरिने पाण्डेले बताउनुभयो । अनावश्यक घरबाहिर ननिस्कन उहाँले नगरबासीलाई उहाँले अनुरोध गर्नुभयो ।

करापुटारबाट २ दिन अघि आएका उनि मध्यनेपाल नगरपालिका ७ करापुटार रामबजारका विभिन्न पसलहरुमा पुगेको जानकारी आएको मध्यनेपाल नगरपालिकाका प्रवक्ता घिमिरेले बताउनुभयो । उनि भुतपुर्व भारतिय सेना रहेको र उनलाई प्यारलाइसिस, हाइपरटेन्सन र डाइबेटिज लगायतका समस्या रहेको अध्यक्ष घिमिरेले बताउनुभयो ।

आफु पोखराबाट लमजुङ जाँदै गरेको बताउनुभएका अध्यक्ष घिमिरेले उनको सम्पर्कमा आएकाहरुको तथ्यांक संकलन गरि भोलीनै पिसिआर परिक्षण गरिने बताउनुभयो ।

यो पनि हेर्नुहोस : करापुटारबाट १० गते पोखरा आएका थिए संक्रमित (कहाँ कहाँ पुगेका थिए उनि)

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका