करापुटारबाट १० गते पोखरा आएका थिए संक्रमित (कहाँ कहाँ पुगेका थिए उनि)–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • करापुटारबाट १० गते पोखरा आएका थिए संक्रमित (कहाँ कहाँ पुगेका थिए उनि)

करापुटारबाट १० गते पोखरा आएका थिए संक्रमित (कहाँ कहाँ पुगेका थिए उनि)

करापुटारबाट १० गते पोखरा आएका थिए संक्रमित (कहाँ कहाँ पुगेका थिए उनि)

पोखरा, १२ भदौ । पोखरामा शुक्रबार मृत्यु भएका ५२ वर्षिय पुरुष १० गते पोखरा आएको पाइएको छ ।

मध्यनेपाल नगरपालिकाका प्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष गगन घिमिरेका अनुसार उपचारको लागि भन्दै उनि १० गते करापुटारबाट आएर पोखरा १६ आफन्तकोमा बसेका थिए । उनको ११ गते स्वाब लिइएको पोखरा १६ वडा अध्यक्ष जिवन प्रसाद आचार्यले बताउनुभयो । उनको रिपोर्ट पोजेटिभ आए पछि आइसोलेशनमा राखिएको थियो । उनको शुक्रबार दिउसो १२ः१५ मा मृत्यु भएको हो ।

करापुटारबाट २ दिन अघि आएका उनि मध्यनेपाल नगरपालिका ७ करापुटार रामबजारका विभिन्न पसलहरुमा पुगेको जानकारी आएको मध्यनेपाल नगरपालिकाका प्रवक्ता घिमिरेले बताउनुभयो । उनि भुतपुर्व भारतिय सेना रहेको र उनलाई प्यारलाइसिस, हाइपरटेन्सन र डाइबेटिज लगायतका समस्या रहेको अध्यक्ष घिमिरेले बताउनुभयो ।

आफु पोखराबाट लमजुङ जाँदै गरेको बताउनुभएका अध्यक्ष घिमिरेले उनको सम्पर्कमा आएकाहरुको तथ्यांक संकलन गरि भोलीनै पिसिआर परिक्षण गरिने बताउनुभयो ।

यो पनि हेर्नुहोस : कोरोना संक्रमितको मृत्यु भएपछि करापुटारमा त्रास, घरघरमा पुगेर पिसिआर परिक्षण गरिने

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका