चितवन मेडिकल कलेजमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु–Samacharpati
Samacharpati
सोमवार, कार्तिक ३, २०७७
  • होमपेज
  • चितवन मेडिकल कलेजमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु

चितवन मेडिकल कलेजमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु

चितवन मेडिकल कलेजमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु

काठमाडौं, १२ भदाै । चितवनमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । चितवन मेडिकल कलेज, चितवनमा उपचार गराइरहेकी हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ की ७१ वर्षीया महिलाको आज बिहान ज्यान गएको हो ।

लामो समयदेखि​ दमको समस्या भएकी ती महिलालाई निमोनिया भएपछि अस्पतालमा भर्ना गरिएको थियो । परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो ।

चितवन मेडिकल कलेजमा अहिले १७ जना सङ्क्रमितको आईसीयू र तीन जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका