रुसले निर्माण गरेको कोरोनाको दोस्रो भ्याक्सिन विश्वसनिय रहेको दाबी – Samacharpati Samacharpati रुसले निर्माण गरेको कोरोनाको दोस्रो भ्याक्सिन विश्वसनिय रहेको दाबी – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • रुसले निर्माण गरेको कोरोनाको दोस्रो भ्याक्सिन विश्वसनिय रहेको दाबी

रुसले निर्माण गरेको कोरोनाको दोस्रो भ्याक्सिन विश्वसनिय रहेको दाबी

रुसले निर्माण गरेको कोरोनाको दोस्रो भ्याक्सिन विश्वसनिय रहेको दाबी

काठमाडौँ, ११ भदाै । विश्व नै कोरोनाबाट त्रसित बनिरहेका बेला रुसले भने दोस्रो भ्याक्सिन बनाएको र यसको अनुमितको नजिक पुगेको दाबी गरेको छ ।

कोरोनाविरुद्धको विश्वकै पहिलो भ्याक्सीन लञ्च गरेर पनि विश्व मान्यता प्राप्त गर्न नसकेको रुसले दोस्रो भ्याक्सिन विश्वसनिय भएको र यसको कुनै पनि सइड इफेक्ट नरहेको दाबी गरिरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

रुसले निर्माण गरिरहेको दोस्रो भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल सेप्टेम्बरको अन्त्यसम्म सकिने बताइएको छ ।

रुसका डेपुटी प्रधानमन्त्री तात्याना गोलिकोवाले साइबेरियामा रहेको भेक्टर भाइरोलोजी इन्स्टिच्युटमा बनिरहेको यो भ्याक्सिनको तेस्रो चरण को क्लिनिकल ट्रायल सेप्टेम्बरसम्म सकिने विषयमा सरकारी टेलिभिजनबाट उक्त जानकारी दिइएको हो । जहाँ राष्ट्रपति भ्लादमिर पुटिनलाई डेपुटी प्रधानमन्त्री तात्यानाले यस्तो ब्रिफ़ गरेको देखाइएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका