मादी गाउँपालिका अध्यक्ष वेद गुरुङ श्यामको गाडी तोडफोड – Samacharpati
Samacharpati
आइतवार, माघ ४, २०७७
  • होमपेज
  • मादी गाउँपालिका अध्यक्ष वेद गुरुङ श्यामको गाडी तोडफोड

मादी गाउँपालिका अध्यक्ष वेद गुरुङ श्यामको गाडी तोडफोड

मादी गाउँपालिका अध्यक्ष वेद गुरुङ श्यामको गाडी तोडफोड

हरि पन्त, पोखरा, १० भदौ । कास्कीको मादी गाउँपालिकाका अध्यक्ष वेद गुरुङ श्यामको गाडी तोडफोड भएको छ । ग१झ३०४ नं. को महेन्द्र गाडी आज राति तोडफोड भएको हो ।

तोडफोड हुनुको कारण भने खुलेको छैन । यद्यपि अध्यक्ष गुरुङले भने केही उच्छृङ्खल युवाको समूहले तोडफोड गरेको हुन सक्ने दावी गरेका छन् । उनले भने, ‘यो व्यक्तिले तोडफोड गरेको भन्ने केही छैन । तर केही उच्छृङ्खल समूहले तोडफोड गरेका हुन सक्छन् । प्रहरीले अनुसन्धान गरिरहेको छ, केही पत्ता लाग्ला ।

उनी मंगलबार वडाको मिटिङका लागि वडा नं. २ ताङतिङ पुगेका थिए । यो वडा उनको आफ्नै गृह वडा पनि हो । उनका अनुसार घरमा गाडी राख्न नमिल्ने भएकाले सडकमै गाडी राखिएको थियो ।

गाडीको अगाडिको लुकिङ ग्लास र पडाडि पट्टिको सीसा फुटेको अध्यक्ष गुरुङले बताए । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका