१० वर्षपछि इंग्ल्याण्डले पाकिस्तान विरु'द्ध जित्यो टेष्ट सिरिज, एण्डरसनको ६०० विकेट–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • १० वर्षपछि इंग्ल्याण्डले पाकिस्तान विरु’द्ध जित्यो टेष्ट सिरिज, एण्डरसनको ६०० विकेट

१० वर्षपछि इंग्ल्याण्डले पाकिस्तान विरु’द्ध जित्यो टेष्ट सिरिज, एण्डरसनको ६०० विकेट

१० वर्षपछि इंग्ल्याण्डले पाकिस्तान विरु’द्ध जित्यो टेष्ट सिरिज, एण्डरसनको ६०० विकेट

१० भदौ, काठमाडौं । जेम्स एण्डरसनको ६०० टेष्ट विकेट । तेस्रो टेष्ट बराबरी अनि सिरिज इंग्ल्याण्डको पक्षमा । एण्डरसन टेष्ट क्रिकेटमा ६०० विकेट पूरा गर्ने पहिलो फास्ट बलर बन्दा घरेलु टोली इंग्ल्याण्डको १० वर्ष लामो प्रतिक्षा पनि सकिएको छ । इंग्ल्याण्डले १० वर्षपछि टेष्टमा पाकिस्तानलाई पराजित गरेको हो ।

तेस्रो तथा अन्तिम टेष्ट बराबरीमा सकिएपछि इंग्ल्याण्डले सिरिज १–० ले जितेको हो । पहिलो टेष्ट इंग्ल्याण्डले जितेको थियो भने दोस्रो टेष्ट वर्षाले प्रभावित बन्दा बराबरीमा सकिएको थियो । अन्तिम पटक सन् २०१० मा इंग्ल्याण्डले पाकिस्तानलाई टेष्ट सिरिजमा पराजित गरेको थियो ।

तेस्रो टेष्टमा एण्डरसनले कूल ७ विकेट लिँदै करियरमा ६०० विकेट पूरा गरे । उनी उक्त उपलब्धी हासिल गर्ने समग्रमा चौथो र पहिलो फास्ट बलर बने । यसअघि मुथैया मुरलीधरन, शेन वार्न र अनिल कुम्बलेले मात्र ६०० भन्दा बढी विकेट लिएका छन् । सबै बलर स्पीनर हुन् ।

तेस्रो टेष्टको पहिलो इनिङ्समा इंग्ल्याण्डले ५८३/८ मा इनिङ्स समाप्तीको घोषणा गरेको थियो । तर पाकिस्तानले पहिलो इनिङ्समा २७३ रन मात्र बनाउन सकेपछि इंग्ल्याण्ड फलोअन दिँदै पाकिस्तानलाई पुनः ब्याटिङ गर्न पठाएको थियो । वर्षाका कारण पाकिस्तानको ब्याटिङ प्रभावित बनेपछि पाकिस्तानले पाँचौ दिनको समाप्तीमा ४ विकेट गुमाएर १८७ रन मात्र बनाएपछि टेष्ट बराबरीमै टुंगिएको हो ।

१००/२ बाट अन्तिम दिनको खेल सुरुवात गरेको पाकिस्तानले पूरा ब्याटिङ गर्न पाउँदा थप २ विकेट गुमाएर ८७ रन थप्यो । पाकिस्तानले १८७/४ रन बनाउँदा खेल समाप्त भएको थियो । पाकिस्तानका लागि बाबर अजामले अविजित रहँदै ६३ रन बनाए । यस्तै अविद अलीले ४२ र कप्तान अजर अलीले ३१ रन जोडे । चौथो दिन अविद अलीलाई आउट गर्दै ५९९ विकेट पु¥याएका एण्डरसनले पाँचौ दिन कप्तान अजर अलीको विकेट लाँदै कीर्तिमानी ६०० औं विकेट पूरा गरेका हुन् ।

सन् २००३ मा टेष्ट डेब्यु गरेका एण्डरसनले १७ वर्षपछि यो उपलब्धी हात पारेका हुन् । त्यसका लागि उनले १५६ औं खेलमा २९१ औं इनिङ्स खेले । टेष्टमा ६०० विकेट लिने पहिलो खेलाडी शेर्न वार्न हुन् । यस्तै टेष्टमा सर्वाधिक ८०० विकेट श्रीलंकन मुथैया मुरलीधरनले लिएका छन् । टेष्ट सिरिजपछि अब इंग्ल्याण्ड र पाकिस्तानबीच ३ खेलको टी–२० सिरिज हुनेछ । सिरिज म्यानचेष्टरमा अगष्ट २८ मा सुरु हुनेछ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका