विदुर, ९ भदाै । नुवाकोटकोविदुर नगरपालिका–१० स्थित बेंसीगाउँ र दारेगौँडाका चार रोपनी जग्गामा फैलिएको गाँजा नुवाकोट प्रहरीले आज फँडानी गरेको छ ।
जङ्गल तथा विभिन्न व्यक्तिको जग्गा र बारीमा प्राकृतिक रुपमा उम्रिएको गाँजाको नौ सय बोट प्रहरीले आज फँडानी गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो । प्रनि फुयाँलका अनुसार कोभिड–१९ सङ्क्रमण जिल्लामा फैलिरहेका अवस्थामा मानिसले आफ्नो स्वास्थ्यलाई बढी ख्याल राख्नुपर्ने अहिलेको समय परिस्थितमा गाँजा सेवन गरे भने स्वास्थ्यमा झनै ठूलो क्ष’ति ब्यहोर्नुपर्ने भएकाले फँडानी गरिएको हो ।
यो समाचार पनि पढ्नुहोस ।
नुवाकोट र धादिङ जिल्ला अस्पतालका लागि पोर्टेबल अक्सिजन कन्सेनट्रेटर हस्तान्तरण
नुवाकोट र धादिङ जिल्ला अस्पतालका लागि पोर्टेबल अक्सिजन कन्सेनट्रेटर हस्तान्तरण भएको छ । धादिङ-नुवाकोट समाज युकेले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जिल्ला अस्पतालका प्रतिनिधि बोलाएर पोर्टेबल अक्सिजन कन्सेनट्रेटर हस्तान्तरण गरेको हो ।
पोर्टेबल अक्सिजन कन्सेनट्रेटर समाजका तर्फबाट अध्यक्ष चोकबहादुर तामाङले त्रिशूली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपाने र धादिङ जिल्ला अस्पतालका मेसु डाक्टर महेन्द्र धमलालाइ हस्तान्तरण गरे । युकेमा समाजका तर्फबाट सामाग्री खरिदका लागि रामशरण सिंखडा लगायतले अभियान चलाएका थिए । पोर्टेबल अक्सिजन कन्सेनट्रेटर खरिदका लागि नुवाकोट र धादिङबाट विभिन्न कामका सिलसिलामा युके पुगेका व्यक्तिहरूले सहयोग गरेका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रांगणमा आयोजित हस्तान्तरण कार्यक्रममा नुवाकोटका सांसद समेत रहेका पूर्वमन्त्री हितबहादुर तामाङ, पूर्वमन्त्रीहरु दिलमान तामाङ, परशुराम तामाङ, वाग्मती प्रदेशका प्रदेश सभा सदस्य डा राजेन्द्र अधिकारी, मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम लगायत सहभागी भएका थिए । कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी प्रकोप बढिरहेको अवस्थामा पनि अाफ्नो मुलुकको जनताको स्वास्थ्यको चिन्ता लिई गर्नुभएको सहयोगलाई उदाहरणीय र प्रेरणादायी कार्यको रुपमा सर्वत्र महसुस गरिएको छ।