'के गरौ भनु पश्चात' दोस्रो म्युजिक भिडियो '३६ घण्टा' लिएर आए आशिष पोखरेल – Samacharpati Samacharpati 'के गरौ भनु पश्चात' दोस्रो म्युजिक भिडियो '३६ घण्टा' लिएर आए आशिष पोखरेल – Samacharpati
Samacharpati
सोमवार, चैत्र ३०, २०७७
  • होमपेज
  • ‘के गरौ भनु पश्चात’ दोस्रो म्युजिक भिडियो ‘३६ घण्टा’ लिएर आए आशिष पोखरेल

‘के गरौ भनु पश्चात’ दोस्रो म्युजिक भिडियो ‘३६ घण्टा’ लिएर आए आशिष पोखरेल

‘के गरौ भनु पश्चात’ दोस्रो म्युजिक भिडियो ‘३६ घण्टा’ लिएर आए आशिष पोखरेल

काठमान्डाैँ, ७ भदाै । एकअर्काको भावना नबुझ्दा, एक अर्काप्रति शंकाको भावना लगायतका विभिन्न कारणले प्रेम गर्ने जोडी बीच ब्रेकअप हुन्छ । ब्रेकअप हुनु राम्रो त होइन तर, ब्रेकअप हुँदैमा सबै सकियो भन्ने पनि होइन ।

ब्रेकअप पछि पनि पाउन सकिने फाइदाको बारेमा यस गीतमा बताइएको छ । गीतमा स्वर , शब्द र संगीत स्वयम गायक आशिष पोखरेलको रहेको छ भने पुष्प संगमले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा स्वयम गायक आशिष पोखरेलको अभिनय रहेको छ। विक्रान्त रेग्मीले छायांकन गरेको भिडियोलाई संदेश शाहले सम्पादन गरेका हुन्।

राम प्रसाद चौधरीले कलरिङ गरेको भिडियोमा भीएफक्स बसन्त घर्ति मगरले गरेका हुन्। आरजु बैजुले कोरियोग्राफी गरेको भिडियोलाई शिशिर खातीको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो।

यसघिका गीत संगीत जस्तै यस म्युजिक भिडियोलाई माया गरिदिन गायक पोखरेलले सम्पूर्ण संगीतप्रेमीहरुमा अनुरोध गरेका छन्।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका