उमेशको समाजसेवा : गर्भवतीलाई स्कुटरमा राखेर कुदाए, सुकुम्बासीलाई लकडाउनकै बेला जग्गा पास गर्दिए–Samacharpati
Samacharpati
बुधबार, कार्तिक ५, २०७७
  • होमपेज
  • उमेशको समाजसेवा : गर्भवतीलाई स्कुटरमा राखेर कुदाए, सुकुम्बासीलाई लकडाउनकै बेला जग्गा पास गर्दिए

उमेशको समाजसेवा : गर्भवतीलाई स्कुटरमा राखेर कुदाए, सुकुम्बासीलाई लकडाउनकै बेला जग्गा पास गर्दिए

उमेशको समाजसेवा : गर्भवतीलाई स्कुटरमा राखेर कुदाए, सुकुम्बासीलाई लकडाउनकै बेला जग्गा पास गर्दिए

प्रलहाद चन्द्र घिमिरे, पोखरा, ५ भदौ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारीले धेरैलाई समस्या बनाएको छ । कसरी बाँच्न सकिन्छ भनेर विश्वका मानीसहरु विभिन्न उपाय अपनाइरहेका छन् । चिनको बुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलीरहेको छ । नेपालका अधिकांश जिल्लामा यतिबेला निषेधाज्ञा लागु भएको छ । मानिसहरुलाई अनावश्यक घर बाहिर ननिस्कन भनिएको छ । अत्यावश्यक बाहेकका व्यवसाय र सवारीसाधन संचालनमा रोक लगाइएको छ ।

कोरोना कै कारण धेरै मानीसहरुको रोजीरोटी गुमेको छ, केहि संचालन भएका व्यापार व्यवसायमा पनि निकै असर परिरहेको छ । सबैलाई जस्तै कास्कीको मादी गाउँपालिका वडा नं. १० ढोडेनीका ३२ वर्षिय उमेश गुरुङलाई पनि कोरोना माहामारीको असर छ । तर उनी आफुलाई असर परे पनि समाजसेवामा निरन्तर लागिरहेका छन् । समस्यामा परेकाहरुलाई सहयोग गरिरहेका छन् ।

सरकारले गत चैत १० बाट सुरु गरेको लकडाउनका बेला उनले थुप्रै पटक गर्भवति, सुत्केरी, अपाङ्ग, असक्त र समस्यामा परेकाहरुलाई पोखरासम्म ल्याउने र गाउँसम्म पुर्याउने काम गरे । औषधि चाहिनेहरुलाई घरघरमा औषधि पुर्याइदिए । उमेश भन्छन– “लकडाउनको बेला समस्यामा परेकाहरुलाई सेवा गर्दा निक्कै आत्मसन्तुष्टि मिल्यो । पोखराबाट औषधि घरघरमा पुर्याइयो, बिरामीहरुलाई पोखरासम्म ल्याउने काम गरियो । अप्ठेरोमा परेकाहरुलाई आफुले सक्ने सहयोग गरेको मात्र हो । उमेश भन्छन् – समस्या र अप्ठेरोमा परेको देखेपछि मनले नै मान्दैन ।” उनले अगाडी भने – “कसैलाई समस्या परिरहेको छ, अप्ठेरोमा परेको देख्दा देख्दै हात बाँधेर बस्नु राम्रो कुरा होइन, सकेको सहयोग सबैले गर्नुपर्छ ।”

“उमेशले लामो समय प्रसब पिडामा रहेकी (ब्यथा लागेर बच्चा जन्माउन नसकेकी) महिलाको बारेमा थापा पाए तत्काल एम्बुलेन्स बोलाएर अस्पताल लैजाने स्थिति पनि भएन ।” उनले आफुसंग भएको स्कुटर निकोले र उनलाई लिएर कुदिहाले थुम्सिकोट तिर ।  उमेश लकडाउनको बेलाको त्यो अविस्मरिणय क्षण सम्झदै भन्छन् – “लकडाउनको बेला गर्भवतीलाई स्कुटरमा राखेर तल थुम्सिकोट प्राथमीक चौकीसम्म ल्याउन परेको थियो, त्यो दिन निक्कै गाह्रो भयो, पछि उहाँको छोरी जन्मियो, गाउँ पुर्याएपछि सबै सफल भएपछि भने निक्कै खुसी लाग्यो ।”

सहयोगी मन भएका उमेशले समस्यामा परेकालाई सहयोग मात्र गरेका छैनन्, यहि लकडाउनका बेला आफ्नो घर जग्गा नभएका सुकुम्बासीहरुलाई जग्गा समेत दिएका छन् । उनले चाँढैनै घर पनि बनाइदिने पनि बताएका छन् । “अरुको घरमा बस्दै आएका सुकुम्बासी थिए, उनिहरुको भुकम्पले बस्दै आएको घर पनि भत्काएको थियो, भुकम्प पिडित थिए उनिहरु, घर बनाउन सरकारले रकम उपलब्ध गराउदा पनि, आफ्नै नाममा जग्गा भएको लालपुर्जा नभएकाले घर बनाउन सकेको थिएनन्”, उनले भने – “उनिहरुको अवस्था देखेपछि बाबाको नाममा भएको जग्गा उनिहरुको नाममा राजिनामा पास गरेर दियौँ ।”
उमेशका बाबा जसबहादुर गुरुङको नाममा भएको जग्गा उनिहरुले पास गरिदिएका हुन् । उनिहरुले समय अनुकुल हुने बित्तिकै घर निर्माूण गरेर हस्तान्तरण गर्ने योजना रहेको बताएका छन् । उनिहरुले सोहि गाउँपालिका ढोडेनीमा रहेको १११७ नम्बर कित्ताको ०–८–३–१ क्षेत्रफलको जग्गा कृष्ण बहादुर ठकुरीलाई, १११५ नम्बर कित्ताको १–३–०–१ क्षेत्रफल भएको जग्गा माइला कामीलाई र १११६ नम्बर कित्ताको ०–६–१–२ क्षेत्रफलको जग्गा स्याने पुरीलाई पास गरिदिएको बताएका छन् ।

अरुको दुखमा साथ दिन पाउदा, अरुलाई सहयोग गर्न पाउदा आफुलाई आत्मसन्तुति मिल्ने र आफ्नो मन शान्त हुने र आगामी दिनमा पनि यसरी नै सकेको सहयोग गर्ने उनको भनाई रहेको छ । आफुलाई समानजसेवामा यसरी लाग्न आफ्नो बुबाले प्रेरणा दिने उनले बताए ।

आफ्ना पुस्ताहरु नै अरुकोमा बस्दै आएको र आफ्नो जिवन पनि अरुकोमा बसेरै जान्छ होला भन्ने सोचेका माइलाका कामीको मनमा उमेश र उनको परिवारले जग्गा उनैको नाममा पास गरेर दिएपछि निकै खुसी भएका छन् । “जसबहादुर सर उमेश सरले मेरै नाममा जग्गा पास गरिदिनुभयो, अब घर बनाउने हो ।” उनले भने – “मन्दिरमा गएर अहिलेसम्म भगवान पुकारेर बसेँ तर सरहरु मेरो भगवान बनेर आउनुभयो ।
मैले त यो जुनीमा घर बनाउन सक्छु, जग्गा जोड्न सक्छु भन्ने सोचेकै थिएन”, जग्गा पाएपछि स्याने पुरीले भने – “उमेश बाबुले जग्गा दिनुभएको छ अब घर त बनाउन पर्यो नी ।”

उनिहरुले कोरोनाको असर कम एर अनुकुल वातावरण बनेपछि घर बनाउन सुरु गर्ने बताएका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका