fbpx

नेपाल टेलिकमले रोजिरोटी खोसेको भन्दै निष्कासित कर्मचारीद्वारा धर्ना

author

समाचारपाटी

१ year अगाडि

नेपाल टेलिकमले २१७ जना प्राविधिक सहायकलाई कामबाट हटाएको भन्दै बिरोध प्रदर्शन भएको छ । 
आईतवार दिउँसो टेलिकम बाहिर निष्कासित कर्मचारीहरुले बिरोध प्रदर्शनसहित धर्ना दिएका हुन् । उनीहरुले लामो समयसम्म काम गरेका कर्मचारीहरुलाई सरकारी निकायले स्वेच्छारी ढंगबाट हटाएको भन्दै पुनःबहालीको माग गरेका छन् । प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रदर्शनकारी भीमबहादुर खड्काले नेपाल टेलिकममा कार्यरत २१७ जना प्राविधिक सहायकहरुलाई टेलिकमले स्वेच्छारी हटाएको र पुनः बहालीको माग गर्दै आन्दोलनमा उत्रिनुपरेको बताउनु भयो । उहाँले १५ वर्ष लामो समयसम्म टेलिकममा काम गरेका कर्मचारीहरुलाई हटाउनु भनेको उनीहरुको रोजीरोटी खोस्नु रहेको बताउनु भयो । उहाँले कर्मचारीहरुको पुनः बहाली नगरीकन आन्दोलन बन्द नगर्ने चेतावनी दिनुभयो । उहाँले रोजगारीको ग्यारेन्टीको विषय संविधानको हक भएको उल्लेख गर्दै रोजगारी गरिरहेको कर्मचारीलाई सरकारी निकयाले निकाल्नु गलत भएको बताउनु भयो । उहाँले लिखित माग सम्बोधन नभएपछि बाध्य भएर धर्ना दिनुपरेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘नेपाल टेलिकममा कार्यरत २१७ जना प्राविधिक सहायकहरुलाई एक हिसावले कर्मचारीको रुपबाट, उहाँहरुको रोजीरोटी खोसिएको छ, त्यसको बिरुद्धमा धर्ना हो । २१७ जना नेपाल टेलिकममा कार्यरत प्राविधिक सहायक कार्यरत कर्मचारीहरुलाई निष्कासन गरेकाले यो धर्ना गरेका हौँ । पहिलो माग हाम्रो २१७ जना कर्मचारीको पुनःवहाली, आउट सोर्सिङको अन्त्य गरियोस् भन्ने दोस्रो माग हो । लामो समय काम गरेका कर्मचारीहरुलाई निष्कासन गरेकोबिरुद्ध हामीले आन्दोलन गरेका हौँ । कर्मचारीको पुनःबहाली नगरीकन हाम्रो आन्दोलन जारी रहन्छ । यसमा सम्पूर्ण पक्षको ऐक्यवद्धता र साथ आवश्यक छ । रोजगारीको ग्यारेन्टीको विषय संविधानको हक हो, रोजगारी गरिरहेको कर्मचारीलाई सरकारी निकयाले निकालेको छ । यो स्वेच्छाचारी ढंगबाट निकालिएको छ । लिखित माग सम्बोधन नभएपछि बाध्य भएर धर्ना दिएका हौँ ।’

उनीहरुले निस्काषित कर्मचारीहरु पुनःबहाली गर्, सबैखाले ठेकदारी प्रथाको अन्त्य गर्, स्वेच्छाचारिताको अन्त्य गर्, संसारका मजदुर एक हौँ लगायतका नारा लगाएर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले टाउकोमा कालोपट्टीसमेत बाँधेर नेपाल टेलिकमको बिरोध जनाएका थिए । 


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन