आज युवाकवि मोतीराम भट्टको १५५ औं जन्म जयन्ती मनाइँदै – Samacharpati Samacharpati आज युवाकवि मोतीराम भट्टको १५५ औं जन्म जयन्ती मनाइँदै – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • आज युवाकवि मोतीराम भट्टको १५५ औं जन्म जयन्ती मनाइँदै

आज युवाकवि मोतीराम भट्टको १५५ औं जन्म जयन्ती मनाइँदै

आज युवाकवि मोतीराम भट्टको १५५ औं जन्म जयन्ती मनाइँदै

पोखरा, ३ भदौ । आज युवाकवि मोतीराम भट्टको १५५ औं जन्म जयन्ती मनाइँदैछ । साहित्यकार तथा साहित्यिक प्रतिष्ठानहरूले उनको व्यक्तित्व तथा कृतित्वमाथि विश्लेषण गर्दै जन्मजयन्ती मनाउँदै आएका छन् । तर यस वर्ष कोरोना भाइरसको फैलदो संक्रमणका कारण अघिल्ला वर्ष जस्तो कार्यक्रमहरु गर्न सरकारले निषेध गरेको छ । अधिकांश ठाउँमा निषेधाज्ञा लागु भएको छ । त्यसैले मोतीराम भट्टलाई यस वर्ष सबैले मनले श्रद्धा गर्ने भर्चुअल भेट गरेर कार्यक्रम गर्ने गर्दछन् ।

राष्ट्रिय विभूतिसमेत रहेका भट्टको १ सय ५४ वर्ष पहिले वि.सं. १९२३ भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसीकै दिन जन्म भएको थियो । नेपाली गजलका महानायक मानिएका भट्टको कथा, नाटक, निबन्धमा पनि कलम त्यत्तिकै बलियो चलेको थियो । कुशेऔंसीका दिन जन्मेका उनको १९५३ सालको कुशेऔंसीका दिन ३० वर्षको अल्पायुमै निधन भएको थियो । श्रृंगार रसलाई केन्द्रबिन्दुमा राखेर उनले गजल रचना गरेका थिए ।

युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । उनको साहित्य रचना मात्र नभई पत्रकारितामा पनि हात चलेको पुराना साहित्यकारहरू बताउँछन् । उनले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गरेका थिए । तत्कालिन समयमा गरेको उनको योगदान नेपाली साहित्यमा अतुलनिय छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका