गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो – Samacharpati Samacharpati गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

पोखरा, २ भदौ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

मंगलबार पोखरा १६ का ८७ वर्षिय पुरुषतनहुँको ब्यास १ की ५० वर्षिय महिलाको मृत्यु भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको प्रदेश स्स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर र मुटुको समस्याका कारण सेवा अस्तालको आइसियुमा उपचार गराइरहेकी तनहुँको ब्यास नगरपालिका वडा नं. १ कि ५० वर्षिय महिलाको हिजो राती ११:३५ बजे उपचारको क्रममा मृत्यु भएको सेवा अस्पतालका निर्देशक डा. पदम बहादुर खड्काले जानकारी दिनुभयो ।

यस्तै पोखरा स्वास्थय विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभागमा साउनको ३२ गते गएका पोखरा १६ का ८७ वर्षिय पुरुषको मंगलबार बिहान १०:४० बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

हेर्नुहोस भदौ २ गते बिहानसम्म स्वास्थ्य निर्देशनालय, गण्डकीले गरेको गण्डकी प्रदेश कोरोनाको अपडेट यस्तो छ ।

संकलित नमुना : ३६४०४
संक्रमण नदेखिएको : ३४६३९
संक्रमित : १७६५ (आज थपिएका संक्रमित:-९ जना)
निको भएका : १५५० (दर: ८७.८१%) मृत्यु : ७
हाल आइसोलेसनमा रहेकाको संख्या (सक्रिय केस) : २०८
पछिल्लो २४ घन्टामा परिक्षण भएको संख्या : ११८० (क्षयरोग- १११९, पो.स्वा.बि.प्र.- ६१)
नतिजा आउन बाँकी : ०
हाल क्वारेन्टाइनमा रहेकाको संख्या : ११५०
लकडाउन पछी आज सम्म विदेशबाट आएकाको विवरण
भारतबाट गण्डकी प्रदेशमा आएकाको संख्या : १२९१५
तेस्रो मुलुकबाट गण्डकी प्रदेशमा आएकाको संख्या : ६१९८
कुल विदेशबाट आएका व्यक्तिको संख्या:- १९११३

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका