मानवता - कविता–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७

मानवता – कविता

मानवता – कविता

रंगिन चस्मा लगाएर
असत्यको पदचाप पछ्याउँदै
मानव सभ्यताको पाठ पढ्न बिर्सिएर
हिंस्रक मानसिकता बोकेका रा’क्ष’सी प्रवृतिहरुमा
नैतिकता र ईमान्दारिताको खडेरी परेकाहरुमा
खै कहिले पलाउलान् ?
सकारात्मक सोचका पालुवाहरु ?
अरुको रोदनमा अट्टाहस हाँसो हाँसेर
दरिद्र सोचाइहरुमा रमाएर
छुद्र बोली बोल्दै
भतभती पोलीरहेका घा’उहरुमा नुनचुक छर्दै
बचनका तिखा तिखा बा’ण हा’न्ने ति जिब्रोहरुबाट
खै कहिले निस्किएलान् ?
महझैँ गुलिया शब्दहरु !!
अन्यायको अँध्यारो सुरुङबाट
उद्दारको प्रतीक्षामा थरथरी काप्दै
सहारा मागीरहेका हातहरुलाई
गरिबीले थकित भएकाहरूको आर्तनादलाई
सुमधुर संगीत सम्झिदै आनन्द मान्नेहरुले
खै कहिले हटाउलान् ?
वर्गीयताको तुलोमा जोखिने बिभेदहरु !
मेहनत रोपी पौरख फलाउनेहरुमाथि
रजाइँ गरेर
हीनताबोधको हिलो छ्याप्दै
ठालु पल्टिनेहरुले
आत्मीयतालाई कुल्चिदै अस्वस्थ प्रतिस्पर्धामा
धनको गुलियो वरिपरि
फनफनी घुमिरहेकाहरुले
खै कहिले चढ्लान् ?
विवेकका अग्ला अग्ला शिखरहरू !!
मुकुन्द कृष्ण थापा
खोटाङ

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका