बीपी प्रतिष्ठानमा उपचाररत महिलाको कोरोनाबाट मृत्यु – Samacharpati Samacharpati बीपी प्रतिष्ठानमा उपचाररत महिलाको कोरोनाबाट मृत्यु – Samacharpati
Samacharpati
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • बीपी प्रतिष्ठानमा उपचाररत महिलाको कोरोनाबाट मृत्यु

बीपी प्रतिष्ठानमा उपचाररत महिलाको कोरोनाबाट मृत्यु

बीपी प्रतिष्ठानमा उपचाररत महिलाको कोरोनाबाट मृत्यु

सुनसरी,  ३२ साउन । बीपी प्रतिष्ठानमा उपचाररत ५० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । एक सातादेखि उच्च ज्वरो, खोकी र श्वास–प्रश्वासमा समस्या आएकी ति महिलाको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको हो ।

उनी साउन ३१ गते राति प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । मृतकको मेडिकल हिस्ट्रीमा भारतको दिल्लीस्थित एक अस्पतालमा मुटुको उपचार गरेको, थाइरोइड र फोक्सोमा पनि समस्या रहेको देखिएको थियो ।

ति महिलालाई प्रतिष्ठानमा ल्याउनु अगाडि उनलाई विराटनगरको न्यूरो अस्पतालमा लगिएको र । त्यहाँका चिकित्सकले कोरोना संक्रमण भएको शंका गरेर प्रतिष्ठानमा रिफर गरेका थिए । मृतकको शवको व्यवस्थापनका लागि नेपाली सेनाले जिम्मा लिने बताइएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका