अर्घाखाँचीमा टिपरकाे ठक्करबाट मोटरसाइकल सवार ३ वर्षीय बालकको मृत्यु–Samacharpati
Samacharpati
मङ्लबार, अशोज १३, २०७७
  • होमपेज
  • अर्घाखाँचीमा टिपरकाे ठक्करबाट मोटरसाइकल सवार ३ वर्षीय बालकको मृत्यु

अर्घाखाँचीमा टिपरकाे ठक्करबाट मोटरसाइकल सवार ३ वर्षीय बालकको मृत्यु

अर्घाखाँचीमा टिपरकाे ठक्करबाट मोटरसाइकल सवार ३ वर्षीय बालकको मृत्यु

 भिम बिसि, अर्घाखाँची, ३१ सावन । अर्घाखाँचीमा टिपरले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार ३ वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्लाको शितगंगा नगरपालिका २ राजुबास झोलुङ्गे पुल नजिकै ना ८ ख ६६९८ नम्बरको टिपरले लु ३२ प २३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ सन्धिखर्क नगरपालिका ७ का ३ वर्षीय अभिषेक थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिएका छन ।

साना दुई बच्चा सहित ४ जना सवार रहेको मोटरसाईकलमा ३ जना सामान्य घाईते भएको खत्रीेले बताएका छन । टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका