गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या एक हजार ६ सय ९२ पुग्याे–Samacharpati
Samacharpati
मङ्लबार, अशोज १३, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या एक हजार ६ सय ९२ पुग्याे

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या एक हजार ६ सय ९२ पुग्याे

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या एक हजार ६ सय ९२ पुग्याे

पोखरा, ३१ साउन। गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार प्रदेशका ६ जिल्लाका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परीक्षण गर्दा तनहुँको भानु नगरपालिका २ र ४ का दुई जना, कास्कीको पोखरा महानगरपालिका ५ र ८ दुई जना, बागलुङको बागलुङ नगरपालिका ३ का एक जना, बडिगाड ६ का एक जना, गोरखाको गोरखा नगरपालिकाका एक जना, स्याङ्जाको पुतलीबजार नगरपालिका १४ का एक जना र नवलपरासीको बर्दघाट सुस्तापूर्व मध्यबिन्दु नगरपालिका ८ का एक जनामा कोरोना पुष्टि भएको हो।

थपिएका सबै  संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ९२ पुगेको छ ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका