जोमसोममा खेल्ने क्रममा पेट्रोल खाँदा १७ महिने बालकको मृत्यु–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • जोमसोममा खेल्ने क्रममा पेट्रोल खाँदा १७ महिने बालकको मृत्यु

जोमसोममा खेल्ने क्रममा पेट्रोल खाँदा १७ महिने बालकको मृत्यु

जोमसोममा खेल्ने क्रममा पेट्रोल खाँदा १७ महिने बालकको मृत्यु

मुस्ताङ,  २९ साउन । मुस्ताङको घरपझोङ गाउँपालिका ९३ पुथाङ एयरपोर्ट जोमसोममा बुधबार एक १७ महिने बालकले खेल्ने क्रममा पेट्रोल खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता आशिष अघिकारीका अनुसार घरपझोङ९३ एयरपोर्ट जोमसोममा रहेको त्रिशुला मोटर साइकल वर्कसपका किरण थापाको १७ महिने छोरा किसान थापाको उपचारका लागि जोमसोम अस्पताल लैजाँदा मृत्यु भएको हो ।अन्नपुर्ण पोस्टमा खबर छ ।

१७ महिने बालकले घरमै खेल्ने क्रममा नजिकै राखिएको पेट्रोलियम पदार्थ खाँदा पुगेको प्रहरीले जनाएको छ । घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका