मुस्ताङमा ३ दिनदेखि सम्पर्कविहिन रहेकी महिला घरमै मृत अवस्थामा फेला–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • मुस्ताङमा ३ दिनदेखि सम्पर्कविहिन रहेकी महिला घरमै मृत अवस्थामा फेला

मुस्ताङमा ३ दिनदेखि सम्पर्कविहिन रहेकी महिला घरमै मृत अवस्थामा फेला

मुस्ताङमा ३ दिनदेखि सम्पर्कविहिन रहेकी महिला घरमै मृत अवस्थामा फेला

मुस्ताङ, २९ साउन  । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ९१ मुक्तिनाथस्थित पुराङ गुम्बामा एक्लै बस्दै आइरहेकी ८२ वर्षीया एक वृद्धा फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रहरीका अनुसार उक्त महिला सोही स्थानकी स्थानीय भुटिक गुरुङ हुन् । मृतक महिला २÷३ दिनसम्म बाहिर देखा नपरेपछि स्थानीयकै सहयोगमा प्रहरीले खोजतलास गर्दा घरमै मृत अवस्थामा फेला परेको जनाइएको छ ।

प्रहरीले गत शुक्रबार मृत शव फेला पारेको हो । प्रहरीका अनुसार मृतकको जोमसोम अस्पतालमा पोस्ट मार्टम कार्य सम्पन्नभइ भिसेरा परिक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमान्डौं पठाईएको र घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढेको बताइएको छ ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका