पोखराको ६ र १६ मा कोरोना संक्रमित, गण्डकी प्रदेशमा संक्रमितको संख्या १६५० पुग्यो–Samacharpati
Samacharpati
मङ्लबार, अशोज १३, २०७७
  • होमपेज
  • पोखराको ६ र १६ मा कोरोना संक्रमित, गण्डकी प्रदेशमा संक्रमितको संख्या १६५० पुग्यो

पोखराको ६ र १६ मा कोरोना संक्रमित, गण्डकी प्रदेशमा संक्रमितको संख्या १६५० पुग्यो

पोखराको ६ र १६ मा कोरोना संक्रमित, गण्डकी प्रदेशमा संक्रमितको संख्या १६५० पुग्यो

पाेखरा, २८ साउन । गण्डकी प्रदेशमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार बिहान स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका वडा नं. ६ का २३ वर्षिय १ जना पुरुष र वडा नं. १६ का १ जना ५४ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६५० पुगेको छ । संक्रमितहरुलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भईरहेको निर्देशनालयले जनाएको छ

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका