गण्डकी प्रदेशमा थपिए ८ काेराेना संक्रमित–Samacharpati
Samacharpati
मङ्लबार, अशोज १३, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा थपिए ८ काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए ८ काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए ८ काेराेना संक्रमित

पोखरा, २७ साउन । नेपालमा दिनानुदिन कोरोना संक्रमितको दर बढीरहेका बेला पोखरामा १ बालकसहित थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज बिहान आएको नतिजामा पोखरा – ५ का एक ११ वर्षीय बालकसहित ३८ वर्षीया महिला र पोखरा ३० का ३० वर्षीय पुरुष तथा पोखरा १७ का ४५ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बागलुङ जिल्ला बागलुङ नगरपालिका- ३ का ३९ वर्षीय पुरुष र ४ की २२ वर्षीया महिला र तनहुँ बन्दीपुर ६ का १९ वर्षीय पुरुष तथा वडा ३ का २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका