नेपालमा आज ३ सय ७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार ५९२ पुग्याे–Samacharpati
Samacharpati
सोमवार, अशोज ५, २०७७
  • होमपेज
  • नेपालमा आज ३ सय ७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार ५९२ पुग्याे

नेपालमा आज ३ सय ७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार ५९२ पुग्याे

नेपालमा आज ३ सय ७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार ५९२ पुग्याे

काठमाडौं, २४ साउन । नेपालमा शनिबार ३ सय ७८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिँदै शनिबार ४ सय ९९ जनाले कोरोनालाई जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा अहिलेसम्म १६ हजार ३१३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका