निर्मल माध्यमिक विद्यालयका शिक्षकलाई प्रविधि तालीम प्रदान–Samacharpati
Samacharpati
आइतवार, अशोज ४, २०७७
  • होमपेज
  • निर्मल माध्यमिक विद्यालयका शिक्षकलाई प्रविधि तालीम प्रदान

निर्मल माध्यमिक विद्यालयका शिक्षकलाई प्रविधि तालीम प्रदान

निर्मल माध्यमिक विद्यालयका शिक्षकलाई प्रविधि तालीम प्रदान

दमौली, २४ साउन  नेपाल सरकारको नमूना विद्यालय छनोटमा परेको तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका शिक्षकलाई प्रविधि तालीम प्रदान गरिएको छ । प्रविधिमा दक्ष बनाउने उद्देश्यसहित विद्यालयले शिक्षकलाई प्रविधि तालीम प्रदान गरेको हो ।

सरकारले उक्त विद्यालयलाई २४ थान कम्प्युटर, चार थान सिसिटिभी क्यामरा, इन्भर्टर, प्रोजेक्टरलगायतका सामग्री सहयोग गरेको थियो । सोही सामग्रीको प्रयोग गरेर शिक्षक शिक्षिकालाई तालीम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिनुभयो ।

दश दिनसम्म सञ्चालन हुने तालीममा माइक्रोसफ्ट वर्ड, एक्सल, पावरप्वाइन्ट, इमेल इन्टरनेट तथा मोबाइल एप सम्बन्धमा सहजीकरण गरिने विद्यालयका कम्प्युटर शिक्षक दीपक पन्तले बताउनुभयो ।

नमूना विद्यालयका रुपमा छनोट भएको विद्यालयले रु रु एक करोड ८७ लाख ६० हजार बजेट प्राप्त गरेको छ । सोही रकमबाट योजनाका आधारमा गुरुयोजनासहित थप कार्य सञ्चालन गरी आधुनिक शिक्षा प्रदान गर्न आठ कोठे भवन निर्माण गरिएको र खेलकूद सञ्चालनका लागि दुई वटा ब्याडमिन्टन कोर्ट निर्माण गरिएको विद्यालयका शिक्षक वीरेन्द्र काफ्लेले जानकारी दिनुभयो ।

तालीममा व्यास नगरपालिकाका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मीले हरेक शिक्षक अब प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिनुभयो । नगरक्षेत्रभित्रका विद्यालयको प्रविधिमा खर्च गर्न सकिने गरी नगरसभाले रु ३५ लाख बजेट विनियोजन गरेको रेग्मीले जानकारी दिनुभयो ।

विद्यालयका अभिभावक शिक्षक सङ्घ अध्यक्ष सिर्जना तिवारीले आधुनिक शिक्षाका माध्यमबाट शिक्षाको गुणस्तर वृद्धिमा विद्यालय सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका