आज पोखरामा फेरी थपिए ८ कोरोना संक्रमित–Samacharpati
Samacharpati
मङ्लबार, अशोज १३, २०७७
  • होमपेज
  • आज पोखरामा फेरी थपिए ८ कोरोना संक्रमित

आज पोखरामा फेरी थपिए ८ कोरोना संक्रमित

आज पोखरामा फेरी थपिए ८ कोरोना संक्रमित

पोखरा, २३ साउन । पोखरा महानगरका ३ वडाका थप ८ जनामा कोरोना देखिएको छ । पोखरा महानगर वडा नम्बर ११, १५ र ३२ का ४ महिला र ४ पुरुष गरी थप ८ जना कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।  संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको छ ।

त्यस्तै आजै पोखराका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८७ पुगेको छ । त्यस्तै गण्डकी प्रदेशमा कोरोनालाई जितेर घर फर्कनेको संख्या १३८३ पुगेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका