काठमाडौँको ओम अस्पतालमा कोरोनाबाट एक महिलाकाे मृत्यु–Samacharpati
Samacharpati
सोमवार, अशोज १२, २०७७
  • होमपेज
  • काठमाडौँको ओम अस्पतालमा कोरोनाबाट एक महिलाकाे मृत्यु

काठमाडौँको ओम अस्पतालमा कोरोनाबाट एक महिलाकाे मृत्यु

काठमाडौँको ओम अस्पतालमा कोरोनाबाट एक महिलाकाे मृत्यु

काठमाडौं, २२ साउन  । काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको दर ह्वात्तै बढेका बेला कोरोना भाइरसको संक्रमणका कारण काठमाडौंमा थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका-१० लालगढकी ७२ वर्षीया महिला रहेकी छिन् । उनको ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएको हो ।

दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका समस्या भएकी ति बृद्धलाई पेट दुखेर धनुषाबाट थप उपचारका लागि काठमाडौँ ल्याइएको बताइएको छ ।

उनलाई काठमाडौँ ल्याए लगत्तै १७ गते आईसीयूमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । उनको मृत्यु भए लगत्तै अस्पतालका स्वास्थ्यकर्मीको कन्ट्याक ट्रेसिङका सुरु गरिएको अस्पताल स्रोतले जनाएको छ ।

यसैबिच काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्ले २४ घण्टामा ८४ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रायलका अनुसार काठमाडौँमा ७५, ललितपुरमा ८ र भक्तपुरका १ गरी ८४ जनामा कोरोना पुष्टि भएको हो। त्यस्तै नेपालमा आज ३ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रालयका अनुसार आज एकैदिन ३ सय ६० जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयले अस्पतालहरुले कर्मचारीलाई सिफ्टमा काम गर्ने वातावरण मिलाउन सूचना जारी गरेको भन्दै नियम पालना गर्न सबैमा अपिल गरेको छ ।

यसैबिच उपत्यकामा संक्रमण पुष्टि भएका १०२ जनामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको स्रोतले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाले १६ जना संक्रमित सम्पर्कबाहिर रहेका मध्ये ८ जना सम्र्पकमा आएको भएता पनि अझै ८ जना फरार रहेको जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका